महान्यायाधिवक्ता पोखरेलले लिए शपथ, पदभार पनि सम्हाले (भिडिओ)

काठमाडौं । महान्यायाधिवक्तामा नियुक्त भएका दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्। शपथ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेताहरू सहभागी थिए। प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति […]

सम्बन्धित सामग्री

वैद्यले सम्हाले सहरी विकास मन्त्रालयको सचिवको पदभार

२९ असोज, काठमाडौं । सरजुकुमार वैद्यले सहरी विकास मन्त्रालयको सचिवका रुपमा पदभार ग्रहण गरेका छन् । गत २४ असोजमा बसेको मन्त्रिपरिषद बैठकले वैद्यलाई शहरी विकास सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो । उनी यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको नेपाल ट्रस्टको कार्यालयमा सचिवका रुपमा कार्यरत थिए । मन्त्रालयमा हाजिर हुन पुगेका सचिव वैद्यलाई कर्मचारीहरुले स्वागत […]

महासंघका अध्यक्ष ढकालले सम्हाले पदभार

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार पदभार ग्रहण गरेका छन् । अध्यक्षको पद बहालीपछि उनले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र सञ्चालन गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । महासंघको हालै सम्पन्न...

पोखराका मेयर र उपमेयरले फूल रोपेर सम्हाले पदभार

१२ जेठ, पोखरा । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङलगायत जनप्रतिनिधिले पोखरा जिरो किमीदेखि हल्लनचोकसम्म फूल रोपेर पदभार सम्हालेका छन् । पोखरा पर्यटकीय सहर भएकाले फुलैफूलको सहरका रुपमा चिनाउन ‘सिम्बोलिक’ रुपमा फूल रोपिएको उनीहरुले बताएका छन् । पोखरा सभागृहमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग सपथ ग्रहण गरेपछि पोखराका नवनिर्वाचित जनप्रतिनिधिको टोली पुष्पलाल पार्कतर्फ […]

घोडाघोडी नगरपालिकामा नवनिर्वाचित प्रमुखले सम्हाले पदभार

कैलालीको घोडाघोडी नगरपालिकाको नवनिर्वाचित नगरप्रमुख खडक बहादुर रावतले पदभार सम्हालेका छन् । सोमबार जिल्ला अदालत कैलालीमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूबाट पद तथा गोपनीयताको सपथ लिएपछि घोडाघोडी नगरपालिकाको कार्यकक्षमा पुगेर पदभार सम्हालेका हुन् ।उनी नगरपालिका पुग्दा कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । रावतले आर्थिक वर्षभित्रै भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने प्रस्ताव सदर गर्दै पदभार सम्हालेका छन् ।रावतसमक्ष प्रमुख प्रशा

राखेप सदस्य सचिव घिसिङले सम्हाले पदभार, ‘ग्रासरुटबाटै खेलकुद विकासमा जोड दिन्छु’

काठमाडौँः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथसँगै घिसिङले पदभार ग्रहण गरेका छन्। सो क्रममा उनले खेलाडीको बिमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताए। उनले राष्ट्रिय टिम तयारी र आवश्यक छनोट प्रक्रियालाई आगाडि बढाउने तथा ग्रासरुटदेखिनै खेलकुद विकासमा जोड दिने…

उमेश श्रेष्ठले सम्हाले प्रधानमन्त्री कार्यालयमा पदभार

स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार पदभार ग्रहण गरेका छन् । मुख्यसचिव शंकरदास वैरागी, प्रधानमन्त्री कार्यालय मातहत निकायका सचिवहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशकलगायतका उपस्थितिमा उनले पदभार ग्रहण गरेका हुन् । पदबहाली पश्चात आयोजित संक्षिप्त कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयबाट सम्पादन गर्नुपर्ने अनुगमन तथा मूल्यांकन, अन्तर निकाय समन्वय तथा सहजीकरण लगायतका विभिन्न सुधारसम्बन्धी कार्यहरुलाई थप प्रभावकारी रुपमा अघि बढाउन आफू क्रियाशील ...

नवनियुक्त रक्षामन्त्री रिजालले सम्हाले पदभार, तस्बिरमा हेर्नुहोस्

नवनियुक्त रक्षामन्त्री मीनेन्द्र रिजालले शुक्रबार साँझ पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच शपथ लिएसँगै उनले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् । रक्षा मन्त्रालयमा उनलाई सेनाको प्रतिनिधिका साथै सचिव, कर्मचारी लगायतले स्वागत गरेका थिए । तस्बिरमा हेर्नुहोस्ः

मन्त्री साहले सम्हाले पदभार, वित्तिय अनुशासन कायम गर्ने प्रतिबद्धता

काठमाडौं, १४ भदौ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहले आज पदभार सम्हालेका छन् । कृष्ण जन्माष्टमीको सार्वजनिक बिदाकै दिन उनले पदभार ग्रहण गरेका हुन् । पदभार सम्हालेलगत्तै मन्त्री साहले आफ्नो पहिलो प्राथमिकता भनेको नै वित्तीय अनुशासन कायम गर्नु रहेको बताए । त्यस्तै, अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब […]

पदभार सम्हाले लगत्तै यस्तो दिए गृहमन्त्री अधिकारीले निर्देशन

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा दिनुपर्ने बताए । उनले मन्त्रालयमा आएका काम छिटो र छरितो रुपमा सम्पादन गर्न र सेवाग्राहीलाई ढिलासुस्ती नगर्न पनि निर्देशन दिँदै त्यस्ता गतिविधि पाइए कारवाही गर्ने चेतावनीसमेत दिए ।  गृहमन्त्री अधिकारीको निर्देशन अनुसार आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । उनले...

गृहमन्त्री बादलले सम्हाले पदभार

गृहमन्त्रीको रुपमा पुनः शपथ लिएका रामबहादुर थापा बादलले पदभार ग्रहण गरेका छन् । आइतबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर उनले पदभार सम्हालेका हुन् । एमालेतिर लागेपछि माओवादीले दल त्यागको सूचना दिएपछि सांसद पद गुमाएका उनको मन्त्री पद समेत गुमेपछि ६ महिना सांसद नभएपनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था उपयोग गर्दै आजै राष्ट्रपतिबाट मन्त्री नियुक्त भएर शपथ लिएका थिए ।