भारतले एकैदिन सबैभन्दा बढीलाई खोप लगाएर बनायो कीर्तिमान

भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ। कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले दाबी गरेका छन्। खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो। 'एकैदिनमा सबैभन्दा धेरै खोप लगाएको कीर्तिमान अहिले भारतले बनाएको छ। कोरोना भाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,' प्रधानमन्त्री