काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ।उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गरिसकेपछि आयोगले मतपत्र छपाइको काम सुरु गरेको हो।‘उम्मेदवारको मात्र निर्वाचन चिह्न रहनेगरी पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको मतपत्र छपाइ आज असोज २७ गतेदेखि शुरु गरिएको छ।’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हरेक निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै मतपत्र छा