देशभरीकै सबैभन्दा बढी मतदाता भएको जिल्ला मोरङमा यसपटक अघिल्लो वर्षको तुलनामा १ लाख ४१ हजार ७ सय २४ जना मतदाता थप भएका छन् । जसमध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकामा अघिल्लो वर्षको तुलनामा १९ हजार ३ सय ८१ र दोस्रो नम्बरमा सुन्दरहरैंचा नगरपालिकामा १७ हजार ३ सय ८४ जना मतदाता नयाँ थप भएका छन् । निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याँकअनुसार मतदाताको संख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेका छन् । २०७४ सालको निर्वाचनमा विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार