कपिलवस्तु ३ मा शाहको शुरुवाती अग्रता

कपिलवस्तु : कपिलवस्तु क्षेत्र-३ को प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले शुरुवाती अग्रता लिएका छन्। अहिलेसम्म २ हजार १९३ मत गणना गर्दा शाहले ७९९ मत ल्याएका छन्। राप्रपाका प्रकाश रजौरियाले ४१६ मत ल्याएर पछ्याइरहेका छन्। एमालेका उम्मेदवार मंगल गुप्ता ३६५ मत प्राप्त गरेका छन् भने जनता प्रगतिशील पार्टीका इश्वरदयाल मिश्रा ३४३ मत पाएका छन्। १५१ मत भने बदर भएको  निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए। यस क्षेत्रमा ७७ हजार ६९७ मत खसेको हो।