रुपन्देही । लुम्बिनी प्रदेश सरकारले थारू जातिको अटवारी पर्वको अवसरमा सो समुदायलाई आइतबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो । बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिइएको हो । थारु समुदायको चाड अटवारीकै अवसरमा दाङका ४ स्थानीय तहले पनि सार्वजनिक बिदा दिएका छन् । […]