हवाई मार्गभन्दा आधा सस्तोमा केरुङ नाकाबाट खाद्यान्न ढुवानी गरिँदै

सिमकोट – काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गभन्दा सस्तोमा ल्याइने भएको छ। जिल्लामा खाद्यान्नको समस्या भएका बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न हुम्ला ल्याउन लागेको हो। काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुग्ने खाद्यान्न प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यान्न चार हजार […]

सम्बन्धित सामग्री

निर्धारित हवाई मार्गको खाद्यान्न ढुवानी अन्तिम चरणमा

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको यस वर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी कार्य अन्तिम चरणका पुगेको छ। ढुवानीको जिम्मा पाएको सिम्रिक एयरको हेलिकोप्टरले नियमित रुपमा ढुवानी गरेका कारण चाँडै ढुवानी भएको हो। लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नविन आचार्यले कुल यस वर्षको निर्धारित कोटाको सात हजार ८२९ दशमलव ५० क्वीन्टल खाद्यान्न […]

लिमिटेडको सिमकोटस्थित गोदाममा पाँच सय क्वीन्टल मात्र खाद्यान्न मौज्दात

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयको गोदाममा खाद्यान्न मौज्दात पाँच सय क्वीन्टल मात्र रहेको पाइएको छ। हवाई तथा पैदल मार्गबाट चालुु वर्षका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका निजी एयरलाईन्स र पैदल मार्गबाट ढुवानीको जिम्मा पाएका सप्लायर्सहरुले समयमै खाद्यान्न ढुवानी नगर्दा मौज्दात न्यून देखिएको हो। गोदामा खाद्यान्न मौज्दात कम भए […]

हुम्लामा खाद्यान्न ढुवानी सुस्त

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटडले ढुवानी अनुदानमा उपलब्ध गराएको खाद्यान्न ढुवानीमा ढिलाइ भएको छ। ढुवानीको जिम्मा पाएका निजी एयरलाइन्स र सप्लायर्सका कारण खाद्यान्न ढुवानी सुस्त भएको हो। लिमिटेडका सिमकोट शाखाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यले आथिर्क वर्ष सुरु भएको सात महिना पुगे पनि खाद्यान्न ढुवानी सुस्त गतिमा भइरहेको बताए। हवाई मार्गबाट ढुवानीको […]

हुम्लामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी सुुरु

हुुम्लाका लागि हवाई मार्गबाट खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयर कार्गोले खाद्यान्न ढुवानी कार्य हेलिकोप्टरबाट सुुरु गरेको छ । यसअघि खाद्यान्न ढुवानी गर्दैआएका निजी एयरलाइन्सहरु सबै काठमाडौं केन्द्रित भएपछि उक्त कार्गोले विकल्पमा हेलिकोप्टरबाट ढुवानी सुुरु गरेको हो ।

भोकमरी रहेको लिमीमा खाद्यान्न ढुवानी गर्न सिमकोट पुग्यो सेनाको हेलिकोप्टर

भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा सरकारले सोमबारदेखि बिहान खाद्यान्न पु¥याउने भएको छ । त्यसका लागि सेनाको हेलिकोप्टर आइतबार साँझ ४ बजे हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । सिमकोटबाट ११ क्विन्टल चालम लगेर हेलिकोप्टर बिहान साढे ६ बजे लिमी क्षेत्र पुग्नेछ । सिमकोटबाट लिमी पुग्न करिब आधा घन्टाको हवाई दूरी छ । हुम्लाका सिडिओ गणेश आचार्यले सदरमुकामस्थित खाद्य व्यवस्था तथा […]

दुर्गममा खाद्यान्न ढुवानी : दशैँ अगावै चामल पठाउने तयारी

असोज १२, सुर्खेत । चाडपर्व नजिकिएसँगै पहाडी तथा हिमाली जिल्लाहरुमा खाद्यान्नको माग बढ्दै गइरहेको छ । हिमाली जिल्लाहरुमा मानसरोवार जाने पर्यटक आउनुका साथै चाडपर्व नजिकिएकाले आम नागरिकले खाद्यान्न मौज्दात गर्न थालेपछि चामलको माग बढ्दै गएको हो ।  माथिल्लो डोल्पा बाहेक कर्णालीका सबै खाद्य डिपोमा पर्याप्त चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले बताएको छ । मुगु लगायत कतिपय जिल्लाहरुमा स्थल मार्गबाट चामल ढुवानी भइरहेकाले संकटको अवस्था नरहेको कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्राले बताए ।  उनले माथिल्लो डोल्पामा सडकको असहजतासँगै स्थानीय तहले कर्णाली प्रदेश सरकारको अनुदानमा चामल वितरण गरेकाले अनुकूल मौसम पर्खदै हाल खाद्यान्न ढुवानीलाई तीव्रता दिन लागिएको जनाए ।  उनका अनुसार दशैँ अगावै खाद्यान्नको माग भएका स्थानमा चामल ढुवानी हुने पक्का भएको छ । ‘माथिल्लो डोल्पाका लागि नमूना ढुवानी सेवा मार्फत सुर्खेत र नेपालगञ्जबाट चामल ढुवानी तयारी शुरु गरिसकेका छौं,’ उनले भने, ‘जाजरकोट जिल्लाका केही स्थानमा समेत चामलको माग आएकाले दशैँ अगाबै मागलाई सम्बोधन गर्न हामी सक्षम छौं ।’ उनले मुगु र डोल्पामा खाद्यान्न अभाव भन्ने मिडियामा आएजस्तो जिल्लाभरी नभई केही स्थानमा चामलको माग भएकाले स्थल र हवाई मार्गमार्फत चामल ढुवानी तीव्र पारिएको बताए ।  उनका अनुसार कम्पनीको सुर्खेत गोदामबाट सोमवार मुगुका लागि स्थल मार्गबाट खड्का निर्माण सेवाले १७० मेट्रिक टन चामल पुर्‍याएको छ । सुर्खेत स्थित कम्पनीको गोदाममा अहिलेपनि पहाडी तथा हिमाली जिल्लामा पठाउनका लागि २२ हजार क्विन्टल चामल मौज्दात रहेको सुर्खेत प्रादेशिक कार्यालयका लेखापाल विनोद पौडेलले बताए ।  उनले हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा चामल पठाउने तयारी पुरा भएको जनाए । अहिले यी जिल्लाहरुमा चामलको माग अत्यधिक छ ।  निजी क्षेत्रभन्दा सरकारी चामल सस्तो हुने हुँदा यी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढ्दै गएको हो । ‘पहाडी जिल्लामा चामलको माग अत्यधिक हुन्छ,’ उनले भने, ‘हामी जति सक्दो छिटो चामल पठाउने तयारी गरेका छौं ।’ अति आवश्यक परेमा सुर्खेतसँगै नेपालगञ्जबाट समेत चामल पठाउने गरेको भएपनि जनशक्ति अभाव हुँदा पहाडी जिल्लाका केही दुर्गम डिपोमा चामल वितरणमा असहजता हुने गरेको उनले जनाए ।  यसका वावजुद पनि दशैँ अगावै नागरिकलाई सस्तोमा चामल उपलब्ध गराउने गरेर काम भइरहेको उनको भनाइ छ । सुर्खेत र नेपालगञ्जबाट पहाडी जिल्लाका २१ स्थानमा चामल ढुवानी हुन्छ । ति जिल्लाबाट यो भन्दा बढी चामलको माग आए पनि केन्द्रको अनुमति लिएर पठाउने गरिएको उनले जानकारी दिए । कम्पनीको सुर्खेत गोदाममा अरुवा मोटा चामल, अरुवा मध्यम र स्टीम जिरा मसिनो चामल पाइन्छ ।  भित्री मधेशभन्दा पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढी छ । चामल ढुवानीमा ढिलाइ हुँदा पहाडी तथा हिमाली जिल्लाका सर्वसाधारणलाई प्रायः चाडपर्व एवम् वर्षातमा अहिलेपनि खाद्य संकटको सामना गर्नुपर्ने बाध्यता कायमै रहेको छ ।

खाद्यान्नको हवाई ढुवानी

कोरोना भाइरसको संक्रमण जोखिमबाट जोगिन हुम्लामा भइरहेको निषेधाज्ञामा निजी एयरलाइन्सहरूले दैनिक अत्यावश्यक वस्तु ढुवानी गर्दै आएका छन् । नेपालगन्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी सुरु भएपछि दैनिक २३ उडानसम्म हुन थालेको सिमिकोट...

निषेधाज्ञाका बेला हुम्लामा धमाधम खाद्यान्न ढुवानी (फोटो फिचर)

जिल्लामा निषेधाज्ञा जारी रहेका बेला खाद्यान्न ढुवानी गर्न नीजि एयरलाईन्सहरुले दैनिक तेईससम्म उडान भर्न थालेका छन् । अत्याबश्यक बस्तु भित्र पर्ने खाद्यान्न ढुवानी निेषेधाज्ञाका बेला पनि गर्न पाउन सरकारको निर्णय अनुसार हवाई मार्गबाट सडक यातायात नजोडिएको हुम्ला जिल्लामा खाद्यान्न ढुवान्न ढुवानी धमाधम भएको हो ।

खाद्यान्न ढुवानी गर्न हुम्लामा हवाई उडान पुन: शुरु

वैशाख २४, हुम्ला । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधवारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ ।  केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो संक्रमणको अवस्था हेर्दा पछि स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो ।  जिल्लामा उडान गर्दै आएका निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।  गत सोमवार नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला आएका यात्रुमध्ये एन्टिजेन परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज र सुर्खेतसँगको प्रत्यक्ष हवाई सम्पर्क बिच्छेद गर्न यही वैशाख २२ गते राति १२ बजेदेखि संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाभर निषेधाज्ञा गरिएको थियो भने सुर्खेत र नेपालगञ्जबाट हुने सबै उडान बन्द गरिएको थियो । एयरलाइन्सद्वारा ढुवानी गरेर ल्याइएका सामग्री यही वैशाख २८ गतेपछि मात्रै सम्बन्धित व्यक्ति र निकायमा दिइने निर्णय बैठकले गरेको छ ।   सीताका तीन उडान निषेधाज्ञा जारीपछि डिसिसिएमसीको निर्णयअनुरुप सीता एयरले तीन उडान गरेको छ ।  जिल्लामा खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री ल्याउन उडान अनुमति दिइएसँगै सीता एयरले सुर्खेत र नेपालगञ्जबाट नेपाल खाद्य तथा व्यापार कम्पनीको चामल ल्याएर उडान गरेको एयर हुम्लाका स्टेशन इञ्चार्ज छेपाल लामाले जानकारी दिए । रासस

हुम्लामा निषेधाज्ञाबीच हवाई मार्गबाट खाद्यान्न ढुवानी पुनः सुरु

जिल्लामा निषेधाज्ञा सुरु भएपछि रोकिएको खाद्यान्न ढुवानी कार्य हवाई मार्गबाट सुरु भएको छ । निषेधाज्ञाका बेला खाद्यान्न आपूर्ति सहज बनाउनुपर्ने सरकारको निर्देशन अनुसार सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा खाद्यान्न ढुवानी कार्य सुरु भएको हो । जिल्लामा खाद्यान्न समस्या नहोस भन्नका लागि निषेधाज्ञाका बीच खाद्यान्न ढुवानी सुरु भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । बैशाख जेठ महिनामा सधै जिल्लामा खाद्यान्न समस्या हुने गरेको विगतलाई दृष्टिगत गर्दै यसपालि निषेधाज्ञा सुरु भएपछि पनि खाद्यान्न ढुवानी सुरु गरिएको उहाँले बताउनुभयो ।