जेफ बेजोसको पहिलो अन्तरिक्ष यात्रा सफल

५ साउन, काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस मंगलबार अन्तरिक्ष यात्रा सफल भएको छ । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यु सेफर्डमार्फत् बेजोसले अन्तरिक्ष उडान गरेका थिए । अमेरिकाको टेक्सासमा रहेको भान हर्नस्थित बेजोसको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेजोससहितका यात्रुलाई लिएर मंगलबार बिहान नौ बजे न्यु सेफर्ड रकेट अन्तरिक्षयात्रामा उडेको थियो । उक्त अन्तरिक्ष यात्रामा बेजोससँगै उनका […]

सम्बन्धित सामग्री

‘जेफ बेजोस र रिचर्ड ब्रान्सन अन्तरिक्ष यात्री होइन’

अमेरिकाको संघीय उड्डयन प्रशासन(एफएए)ले अन्तरिक्ष यात्रीको परिभाषा परिवर्तन गरेको छ । नयाँ कानूनले अन्तरिक्ष यात्री हुने आकांक्षा बोक्ने उडान टोलिको हुनुपर्ने र अन्तरिक्ष यात्रा सुरक्षामा योगदान दिएको हुनुपर्ने परिभाषित गरेको छ । जस बमोजिम अमेरिकाको नजरमा जेफ बेजोस र सर रिचर्ड ब्रान्सन अन्तरिक्ष यात्रीको परिचय पाउनुहुने छैन् । सन् २००४ मा पहिलो पटक एफएएको कार्यक्रम सुरु भए यता कानूनमा बदलाब ल्याइएको यो पहिलो अबसर हो । ब्यवसायिक अन्तरिक्ष कार्यक्रमको अद्यावधिक कानून मंगलबार मात्रै सार्बजनिक गरिएको छ । जेफ बेजोस मंगलबार नै अन्तरिक्षको यात्रा गर्नुभएको थियो ।

अन्तरिक्ष यात्रा पुरा गरेर धर्तीमा फर्किए बेजोस

एजेन्सी। संसारकै धनाढ्य तथा अमेजनका संस्थापक जेफ बेजोस करिब ११ मिनेटको अन्तरिक्षको यात्रा सकेर पृथ्वीमा फर्किएका छन्। बेजोस आफूसहित अन्य तीन जना लिएर आफ्नै रकेट कम्पनी ‘ब्लु ओरिजिन’मार्फत अन्तरिक्ष गएका थिए। सुपरसोनिक रकेटमा अन्तरिक्षको यात्रामा उडेका उनी केही समयपछि नै धर्तीमा फर्किएको अमेरिकी समाचार संस्थाहरूले बताएका छन्। उनीसँग उनका भाइ मार्क बेजोस, पाइलट र १८ वर्षीय महिला अन्तरिक्षमा गएका थिए।