स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङले लिए अग्रता, पद्मा अर्याल ६५४ मतले पछि

वालिङ : स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेका हुन्। निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त…

सम्बन्धित सामग्री

स्याङ्जा २ : पद्मा भन्दा ६ हजार मतले अघि धनराज

स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ। कांग्रेसका उम्मेदवार धनराज गुरुङ एमालेकी पद्मा अर्याल भन्दा ६ हजार ५४ मतान्तरले अघि छन्। गुरुङले २९ हजार...

स्याङजा–२ अपडेट : धनराज गुरुङ र पद्मा अर्याल बीच कडा टक्कर, कसले मार्ला बाजी ?

स्याङजा । स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर– २ को मतगणना जारी छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिइरहनु भएको छ । मतगणनमा सुरुवाती अग्रता भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले लिनु भएकाे थियो । तर मतगणना अघि बढ्दै गर्दा अर्याल गुरुङसँग पछि पर्नुभएको छ । प्रतिनिधि सभा तर्फ प्राप्त पछिल्लो परिणाम […]

स्याङ्जा-२मा एमालेभन्दा काँग्रेस २ हजार मतले अघि

काठमाडौं । स्याङ्जामा दुई पार्टीका मुख्य पदाधिकारी चुनावी मैदानमा छन् । सुरुवातमा अग्रता लिए पनि एमालेकी पद्मा अर्याल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ भन्दा पछि रहेकी छिन्। उनीहरू बीचको मतान्तर २ हजार पुगेको छ।

स्याङ्जा–२ मा धनराज गुरुङ १६९५ मतले अघि, पछ्याउँदै पद्मा अर्याल

पोखरा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपालीका कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन्। उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई १ हजार ६९५ मतले पछि पारेका छन्। गुरुङले ६ हजार ६९८ मत ल्याउँदा अर्यालको ५ हजार ३ मत छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ४ मत पाएका छन्।

स्याङ्जा २ मा बुधबार बेलुकीदेखि मतगणना

काठमाडौँ- निर्वाचन आयोगले मतगणना गर्ने निर्णय गरेपछि स्याङ्जा २ मा बुधबार बेलुकी ९ बजेदेखि मतगणना सुरु हुने भएको छ। यस क्षेत्रबाट नेकपा एमालेबाट पद्मा अर्याल, नेपाली कांग्रेसबाट धनराज गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ उम्मेदवार छन्। विभिन्न क्षेत्रमा बुथ कब्जा भएको भन्दै एमालेले स्याङ्जा २ मा पुन: मतदानको माग गरेको थियो। निर्वाचन आयोगले भने उक्त […]

स्याङ्जा २ : आयोगले निर्णय नगर्दा मतगणना सुरु भएन

निर्वाचन आयोगले समयमै निर्णय नगर्दा स्याङ्जाको क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन । एमालेले विभिन्न ५ वटा केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि यो क्षेत्रमा मतगणना अघि बढ्न नसकेको हो । यहाँ कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् ।

धनराज गुरुङ : सकसपूर्ण पहिलो संसदीय प्रतिस्पर्धामा

समानुपातिकतर्फबाट दुवै संविधानसभामा पुगेका नेपाली कांग्रेसका धनराज गुुरुङ आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा-२ बाट उठेका छन् । कांग्रेसको केन्द्रीय उपसभापति समेत रहेका उनी विरुद्ध नेकपा -एमाले)की सचिव पद्मा अर्याल चुनावी मैदानमा छिन् । ५७ वर्षीय गुुरुङ स्याङ्जा-१ का स्थायी बासिन्दा हुन् । आफ्नो गृह क्षेत्रमा पकड कमजोर रहेकाले उनले क्षेत्र नम्बर २ रोजेको स्याङ्जाका कांग्रेसजनहरू बताउँछन् […]