‘जे एन वन’ सँग डराउने होइन सावधानी

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्राेनको नयाँ सबभेरियन्ट र बिदाको समयमा भएको जमघटले गत डिसेम्बर महिनामा १० हजार कोभिडका बिरामीको मृत्यु भएको जनाएको छ । सङ्क्रमणको फैलावट भएका ५० देशमध्ये अमेरिका र युरोपमा बढी देखिएको छ । नेपालमा समेत विभिन्न अस्पताल, सीमा नाका, स्थान र उमेर समूहबाट पुस २२ गते गरिएको पछिल्लो जिनोम सिक्वेन्सिडमा १६ नमुनामध्ये सातमा ‘जे एन वन’ पुष्टि भइसकेको छ । तथापि हालसम्म सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण मात्र देखिएका छन् । सर्ने माध्यम खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाबाट नै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्दछ । यो सबभेरियन्ट भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा हानि पुर्याएको पुष्टि भएका छैनन् । विशेषतः वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी, बालबालिका र खोप नलगाएका बढी प्रभावित हुने देखिएको छ । जोखिममा रहेकाहरूले विशेष सावधानी र ध्यान दिन जरुरी छ । सीमानाकामा शङ्कास्पद सबैको स्वास्थ्य तथा कोरोना परीक्षण, होम तथा संस्थागत क्वारेन्टाइन, आइसोलेसनको व्यवस्था र निगरानी, स्वास्थ्य संस्था तथा जनशक्तिलाई तयारीको अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालय र तीनै तहका सरकारले जनाएका छन् । तथापि नागरिक सचेत नहुँदासम्म नियन्त्रण गर्न सकिँदैन भन्ने विगतले देखाएको छ ।

सम्बन्धित सामग्री

चिसोमा ट्रेकिङ जाँदै हुनुहुन्छ ? यसरी अपनाउन सकिन्छ सावधानी

विदेशी अहिले कम जान्छन् भने आन्तरिक पर्यटकहरू बढी गइरहेका छन् । केही दिनदेखि हिमपात भएको र चिसो बढी हुन थालेकाले यो बेलामा जाँदा विशेष सावधानी अपनाउनुपर्ने महासचिव सापकोटाको भनाइ छ ।

बढ्दो तनावबीच अमेरिकी नागरिकहरूलाई विदेशमा सावधानी अपनाउन चेतावनी

अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक अलर्ट जारी गर्दै विश्वभर बढ्दो तनावको बीचमा विदेशमा रहेका अमेरिकी नागरिकहरूलाई सावधानी अपनाउन चेतावनी दिएको छ। विश्वभरका विभिन्न स्थानहरूमा बढेको तनाव, अमेरिकी नागरिक र चासोहरू विरुद्ध आतंकवादी हमला, प्रदर्शन वा हिंसात्मक कारबाहीको सम्भाव्यताका कारण अमेरिकी विदेश मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकहरूलाई थप सावधानी अपनाउन सल्लाह दिने अलर्टमा भनिएको छ। मन्त्रालयले […]

आईएमएफले भन्यो- नेपालको अर्थतन्त्र अझै जोखिममा छ, नीतिगत सावधानी अपनाउन सुझाव

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ ।

जाडोबाट जोगिन अपनाइने कार्यप्रति सावधानी अपनाउन अनुरोध

महानगरीय प्रहरी परिसरले चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जानसक्ने भएकाले विशेष सावधानी अपनाउने अनुरोध गरेको छ।...

विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह

चितवन । भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले विकासका काम तीव्र गतिमा भइरहेको जनाउँदै त्यस क्रममा दुर्घटना हुन सक्नेतर्फ सचेत गराएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए। सार्वजनिक […]

विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन महानगरको आग्रह

भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले विकासका काम तीव्र गतिमा भइरहेको जनाउँदै त्यसक्रममा दुर्घटना हुनसक्नेतर्फ सचेत गराएको हो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए । सार्वजनिक स्थानमा विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीमा परी जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको उनको भनाइ छ ।विकास न

आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ। मन्त्रालयले  सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो। मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्

मनसुन सक्रिय भएसँगै विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

मनसुन सक्रिया भएसँगै जिल्ला प्रशासन कार्यालय खोटाङले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।