२५ साउन कैलाली । बाजुरा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको गौमुल गाउँपालिका–४ डाँडा बाडाको गुवानी माथिबाट खसेको पहिरोमा पुरिएर १२ वर्षीय अनिश विकको मृत्यु भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए …
दोलखा । दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो । तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ । उनी गए राति माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका […]
सल्यान : जिल्लामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका- ८ मार्के ओर गाउँका १४ वर्षीय अजय विकको पहिरोमा परी ज्यान गएको हो। हिजो बेलुका पहिरोमा परी हराइरहेका बिकको खोजतलास गर्ने क्रममा आज बिहान नेपाली सेनाले विक को शव फेला पारेको हो। घरबाट नाउला बजार जाँदै गर्दा बाटोमा आएको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।शवलाई पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल लगिएको छ।
धनगढी : लगातारको वर्षापछि आएको पहिरोमा पुरिएर डोटीमा दुई बालबालिकाको मुत्यु भएको छ।बिहीबार साँझ जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का सात वर्षीय बालक विनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्टको मृत्यु भएको प्रहरीले जनाइएको छ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लकाअनुसार उनीहरुको स्थानीय चिसापानी भन्ने ठाउँ पहिरोमा पुरिएर मृत्यु भएको हो।बाख्रा चराउन गएका उनीहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए। च्यापिएको
डोटी : डोटीको पुर्वीचौकी गाउँपालिकामा पहिरोमा पुरिएर ४ महिने बालकको मृत्यु भएको छ। पुर्वीचौकी गाउँपालिका वडा नं. ४ सानागाउँको नुवाकोटका भक्त दमाईका ४ महिनाको छोरा छत्र दमाईंको मृत्यु भएको हो।
घरमाथिबाट आएको पहिरोमा पुरिएर बालकको मृत्यु भएको र देउवा दमाई घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। घा...
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्क भन्ने ठाउँमा माथिबाट खसेको पहिरोले पुरिएर एक जनाको मृत्यु हुनका साथै दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार बुधवार विहान करिब २ बजेको समयमा खसेको पहिरोमा परी मृ...