दूधमा आत्मनिर्भर बन्दै महोत्तरीका किसान

महोत्तरी– दूध बेचेर नै मासिक १२ हजार रुपैयाँसम्म कमाउने गरेको छु । यदि दूध बेच्न पाइएन भने त घरायसी खर्चमा समस्या बनिहाल्थ्यो नि,’ यो भनाइ महोत्तरी बर्दिबासका किसान द्रोणबहादुर खडकाको हो । बिहान सबेरै उठेर खड्का गौरीडाँडा र बर्दिबास सहरमा पुगेर दूध बेच्ने गर्दछन् । बिहान दूध बेच्न जाने उनीमात्र एक्ला किसान होइनन् । उनीजस्तै […]

सम्बन्धित सामग्री

दुग्ध उत्पादन बढाउन किसानलाई भैँसी वितरण

सल्यान : दूध उत्पादनमा आत्मनिर्भर बनाउन सल्यानको त्रिवेणी गाउँपालिकाले किसानलाई उन्नत जातका भैँसी वितरण गरेको छ। एक पालिका एक पशु वस्तु उत्पादन कार्यक्रमअन्तर्गत त्रिवेणी गापा–३ काराबासका किसानलाई भैँसी वितरण गरिएको हो। दूधमा आत्मनिर्भर बनाउन र पशुपालनमा किसानहरूको आकर्षण बढाउन उन्नत जातका भैँसी वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिए। किसानको आर्थिक सामाजिक जीवन स्तर उकास्न र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउन विगतका वर्षहरू झैँ यो

बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर

बलेवा । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् । जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार दुई सय तीन लिटर दूध उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना व्यक्तिका लागि […]

बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर

२५ भदौ, बलेवा । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् । जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार दुई सय तीन लिटर दूध उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना […]

बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर

बलेवा । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्षयता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् । जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार २०३ लिटर दूध उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एकजना व्यक्तिका लागि वार्षिक ९१ लिटर दूध […]

आत्मनिर्भर घोषणा भएको १ वर्ष नपुग्दै दूध अभाव

चैत २, काठमाडौं । सरकारले पशुपन्छी र दूधमा आत्मनिर्भर भएको घोषणा गरेको १ वर्ष नपुग्दै बजारमा दूध तथा दुग्ध पदार्थको अभाव देखिन थालेको छ ।  गतवर्ष चैतमा सरकारले पशुपन्छीसहित दूध तथा दुग्ध पदार्थमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको थियो । तर, घोषणाको वर्ष दिन नपुग्दै बजारमा दूधको अभाव देखिएको हो ।  कोरोना महामारीका कारण सुस्ताएको बजार विस्तारै खुल्दै गएपछि माग एकाएक बढेर अभाव देखिएको हो । कोरोना महामारीको समयमा करीब ५० प्रतिशतले दूधको माग घटेर विक्री गर्नै समस्या भएपछि उद्योगहरूले दूध संकलन घटाएका थिए । त्यसपछि दूध उत्पादक किसान घट्दा अहिले अभाव सृजना भएको उद्योगी तथा व्यवसायीले बताएका छन् । ‘महामारीको प्रभाव कम हुँदै गएपछि अहिले बजारका सबै अंग खुले, जसले गर्दा बजारमा ह्वात्तै माग बढ्यो, माग एकाएक बढ्न थालेपछि हामीसँग मौज्दात रहेको बटर र धूलो दूधले बजारको माग धान्यौं । अहिले मौज्दात सकियो, त्यसैले अभाव बढेको हो,’ नेपाल डेरी एशोसिएशनका निवर्तमान अध्यक्ष सुमित केडियाले भने । उनका अनुसार महामारीको समयमा देशभर दैनिक करीब ४ लाख ५० हजार लिटर दूधको माग रहेको थियो । अहिले माग बढेर दैनिक करीब ८ लाख लिटरको हाराहारी पुगेको छ । तर, उत्पादन भने करीब ६ लाख २० हजार लिटर मात्र छ । बजारमा अझै १ लाख ८० हजार लिटर दूधको अभाव देखिएको छ ।  गतवर्ष यस समयमा नेपालमा ४१ हजार मेट्रिकटन धूलो दूध र २५ हजार मेट्रिकटन बटर मौज्दात थियो । दैनिक माग हुनेमध्ये करीब ८० प्रतिशत दूध प्याकेटमार्फत विक्री हुने र २० प्रतिशत दूध आइसक्रिम, दही, चिज, छुर्पीजस्ता वस्तुका रूपमा उत्पादन भई विक्री हुने गर्छ । गर्मी शुरू भएपछि चैतदेखि भदौ महीनासम्म दूध उत्पादन घट्दै जाने र त्यस समयमा दुग्धजन्य पदार्थ दही र आइसक्रिमको माग अन्य समयको तुलनामा करीब ३५ प्रतिशतले बढ्ने भएकाले बजारमा झनै अभाव देखिन सक्नेतर्फ उनले संकेत गरे ।  राज्यद्वारा आत्मनिर्भर घोषणा गरिएको वस्तुको अभाव हुनु हाम्रो उद्योग तथा बजारका लागि दुःखद भएको उनले बताए । अहिले बजारमा बटर र धूलो दूधको अभाव देखिइसकेको बताइएको छ । नेपाल दुग्ध विकास बोर्डका प्रवक्ता डा। बालक चौधरीले सुक्खा सिजन शुरू हुन थालेकाले बजारमा दुग्धजन्य पदार्थका केही वस्तुको अभाव शुरू भएको बताएका छन् ।  उनका अनुसार अहिले मौज्दात सबै सकिएपछि झोल दूध मात्र बजारमा उपलब्ध छ । त्यसले मात्र बजार माग धान्न समस्या भइरहेको उनले जानकारी दिए । बजारको माग धान्न समस्या हुँदै गएपछि उद्योगी तथा व्यवसायीहरूले भारतलगायत देशबाट झोल दूध आयात गर्न पाउनुपर्ने माग गर्दै डेरी उद्योग संघले बोर्डमा ज्ञापनपत्र बुझाएको छ ।  संघका अध्यक्ष राजकुमार दाहालले अभाव भएर उपभोक्ताले खानै नपाउने अवस्था सृजना हुनुभन्दा विदेशबाट आयात गर्दा समस्याको समाधान हुने बताए । तर, केही उद्योगी, व्यवसायी र दुग्ध विकास बोर्ड भने भारतबाट दूध आयात गर्नुभन्दा औपचारिक क्षेत्रमा जोडिन नसकेको र बजारमा आउन नसकेको दुर्गम क्षेत्रको दूध संकलन गरी माग धान्नेतर्फ लाग्नुपर्ने बताउँदै आएका छन् । बोर्डका प्रवक्ता चौधरीका अनुसार नेपालमा दैनिक करीब ६३ लाख लिटर दूध उत्पादन हुने भए पनि करीब ३१ लाख लिटर दूध मात्रै बजारमा आउने गर्छ र बाँकी सबै उत्पादक किसानले आफै प्रयोग गर्ने गरेको तथ्यांक छ । त्यसमध्ये पनि बजारमा आउने कुल दूधको १७ प्रतिशत मात्रै औपचारिक क्षेत्रमा संकलन हुने गर्छ भने बाँकी ३३ प्रतिशत अनौपचारिक क्षेत्रमा विक्रीवितरण हुँदै आएको छ । आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

दूधमा आत्मनिर्भर बन्दै रौतहट

रौतहट । व्यावसायिक पशुपालन गर्ने कृषकको संख्या बढ्दै गएपछि रौतहट दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लाका कृषकले पशुपालन फार्म सञ्चालन गरेर उन्नत जातका पशुपालन गर्न थालेपछि दुग्ध उत्पादनमा वृद्धि हुँदै गएको हो । दैनिक ६० लिटरसम्म दूध उत्पादन गरी मासिक ५५ हजारदेखि ७० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको माधोपुरका किसान सुखारी बैठाले बताए । बैठाले पशुपालन फार्म सञ्चालन गरेर २० ओटा गाई पाल्दै आएका छन् । उनका अनुसार साना तथा ठूला होटलमा दूध अधिक मात्रामा खपत हुन्छ । अहिले गाउँ गाउँमै दूध संकलन हुने गरेपछि पशुपालक कृषकलाई बजारीकरणमा कुनै समस्या नरहेको उनको भनाइ छ । दूध विक्रीबाट यहाँका कृषकले मनग्गे आम्दानी गर्न थालेपछि पछिल्लो समय आधुनिक गोठ निर्माण गरेर व्यवसाय गर्ने युवाको संख्या बढ्दै गएको छ । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा करिब २५० व्यावसायिक पशुपालन गर्ने फार्म सञ्चालनमा छन् । पशु सेवा विज्ञ केन्द्रको कार्यालयले व्यावसायिक पशुपालक कृषकका लागि उन्नत जातको घाँसको बीउ वितरण, पशु स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको उपचारमा सहयोग, अनुदान, विभिन्न सामग्री प्रोत्साहन स्वरूप सहयोगका साथै समय समयमा परामर्श दिने गरेको छ । पशुपालक कृषकलाई प्रोत्साहन गरेकाले दुग्ध उत्पादनमा पनि वृद्धि भएको कार्यालय प्रमुख प्रमुख पशु विकास अधिकृत रामपवित्र दासले बताए । उनका अनुसार गत आर्थिक वर्षमा जिल्लामा ८८ हजार ११० मेट्रिक टन दूध उत्पादन भएको छ । दूध उत्पादनका लागि जिल्लाको चन्द्रपुर नगरपालिका पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रमा दुग्ध सहकारी संस्थाको संख्या बढी रहेकाले दूध संकलनदेखि निकासीसम्म सजिलो हुने गरेको चन्द्रपुर नगरपालिकका नगर प्रमुख रामचन्द्र चौधरीले बताए । यहाँ उत्पादित दूध वीरगञ्ज, हेटौंडा, पोखरा, काठमाडौं लगायत शहरमा निकासी हुने गरेको छ ।

दूधमा आत्मनिर्भर हुँदै सल्यान, भैंसीलाई भत्ता

सल्यान । किसानले दुग्ध उत्पादनबाट गतिलो आम्दानी लिन थालेपछि सल्यानमा गाईभैंसीपालन गर्नेको संख्या बढ्दै गएको छ । दूधबाट मनग्ये आम्दानी हुन थालेपछि केही समय अघिसम्म भारत एवं वैदेशिक रोजगारमा गएका र अन्य रोजगारीमा रहेका युवाहरूले समेत गाईभैंसी पालन व्यवसाय अँगालेका छन् । दूधको माग बढेसँगै सल्यानमा विभिन्न पेसा व्यवसाय छाडेरसमेत युवाहरू यसतर्फ आकर्षित हुन थालेका हुन् । जिल्लामा पशुपालनको राम्रो सम्भावना भएपछि सरोकारवाला निकायले पनि यसलाई प्रोत्साहन दिन थालेका छन् । दूध उत्पादन बढाउन जिल्लाको बागचौर नगरपालिका र कुमाख गाउँपालिकाले विगतदेखि नै भैंसीलाई सुत्केरी भत्ता दिँदै आएका छन् । यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानसँगै अन्य स्थानीय तहमा किसान लक्षित कार्यक्रम सञ्चालन गर्न थालिएको छ । दूधमा आत्मनिर्भर बनाउन र कृषिमा आकर्षण बढाउन किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । किसानलाई व्यावसायिक बनाउन र आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित त्रिवेणी गाउँपालिका र बागचौर नगरपालिकामा उन्नत जातका भैंसीसमेत वितरण गरिएको उनको भनाइ छ । एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम जिल्लाका दुई स्थानीय तहमा ८७ वटा भंैसी र २ वटा उन्नत जातको राँगा वितरण गरिएको छ । इसअन्र्तगत बागचौर नगरपालिका–९ मा पशु सेवा कार्यालयको २० लाख, नगरपालिकाको २५ लाख र बगेश्वरी भैंसीपालन समितिको २९ लाख गरी ७४ लाखको लागतमा सो कार्यक्रम सञ्चालन गरिएको हो । यसबाट ४० वटा भैंसी, २ वटा राँगा, ५० वटा छतसहितको भकारो निर्माण, मिल्क क्यान, मिनरल बल्क र उन्नत घाँसका बेर्ना वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए । यस्तै, दूध पकेट करिडोरअन्तर्गत त्रिवेणी गाउँपालिका–१, ३ र ६ मा ४७ वटा उन्नत जातका मुर्रा भैंसी वितरण गरिएको छ । पशु सेवा कार्यालयको २० लाख, गाउँपालिकाको ६ लाख र गाईभैंसी पकेट विकास समितिको २३ लाख ५० हजार गरी कुल ४९ लाख ५० हजारको लगानीमा भैंसी वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताए । सोही कार्यक्रमभित्र रहेर उन्नत जातको घाँस, तालिम, औषधीसमेत वितरण गरिएको छ । परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन उन्नत जातका भैंसीपालन गर्न थालेको गाईभैंसी पकेट विकास समितिका अध्यक्ष मोतीलाल बुढाथोकीले जानकारी दिए । बजारमा दूध माग बढ्दै गएकाले दूधमा आत्मनिर्भर बनाउन व्यवस्थित रूपमा भैंसीपालन गर्न थालिएको उनको भनाइ छ ।

दूधमा आत्मनिर्भर बन्दै सल्यान जिल्ला

असार १३, सल्यान । किसानले दुग्ध उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि सल्यानमा गाईभैंसी पालन गर्नेहरुको संख्या बढ्दै गएको छ । दूधबाट राम्रो आम्दानी हुन थालेपछि केही समय अघिसम्म भारत र वैदेशिक रोजगारमा गएका र अन्य रोजगारीमा रहेका युवाहरुले समेत गाईभैंसी पालन व्यवसाय अँगाल्न थालेका छन् । दूधको माग बढेसँगै सल्यानमा विभिन्न पेशा व्यवसाय छोडेर समेत युवाहरु यसतर्फ आकर्षित भएको पाइएको छ । जिल्लामा पशुपालनको राम्रो सम्भावना भएपछि सरोकारवाला निकायहरुले पनि पशुपालन तथा दूध उत्पादनमा प्रोत्साहन दिन थालेका छन् । दूध उत्पादन बढाउनका लागि जिल्लाको बागचौर नगरपालिका र कुमाख गाउँपालिकाले विगतदेखि नै भैंसीलाई सुत्केरी भत्ता दिंदै आएका छन् । यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानसँगै अन्य स्थानिय तहमा किसानलक्षित कार्यक्रम सञ्चालन गर्न थालिएको छ ।  दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरुको आकर्षण बढाउन किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए ।  किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्धेश्यसहित जिल्लाको त्रिबेणी गाउपालिका र बागचौर नगरपालिकामा उन्नत जातको भैंसीसमेत वितरण गरिएको उनको भनाइ छ ।  एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम अन्तर्गत जिल्लाका दुई ओटा स्थानिय तहमा ८७ ओटा भैंसी र दुई ओटा उन्नत जातको राँगा वितरण गरिएको छ । जसअन्तर्गत बागचौर नगरपालिकाको वडा नम्बर ९ मा पशु सेवा कार्यालयको २० लाख रुपैयाँ, नगरपालिकाको २५ लाख रुपैयाँ र बगेश्वरी भैंसीपालन समितिको २९ लाख रुपैयाँ गरी ७४ लाख रुपैयाँको लागतमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।  जसबाट ४० ओटा भैंसी, दुई  ओटा प्रजनन राँगो, ५० ओटा छतसहितको भकारो निर्माण, मिल्क क्यान, मिनरल बल्क र उन्नत घाँसका बेर्नाहरू वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए । उनले यस्ता कार्यक्रमले जनताको जीविकोपार्जनमा सहयोग पुग्ने बताए । यस्तै दूध पकेट करिडोर अन्तर्गत त्रिबेणी गाउपालिकाको वडा नम्बर १, ३ र ६ मा ४७ ओटा उन्नत जातको मुर्रा भैंसी वितरण गरिएको छ । पशु सेवा कार्यालयको २० लाख  रुपैयाँ, गाउँपालिकाको ६ लाख रुपैयाँ र गाईभैंसी पकेट विकास समितिको २३ लाख ५० हजार  रुपैयाँ गरि कुल ४९ लाख ५० हजार  रुपैयाँको लगानीमा भैंसी वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिए ।  सोही कार्यक्रमभित्र रहेर उन्नत जातको घाँस, तालिम, अन्तरक्रिया, औषधीसमेत वितरण गरिएको छ । परम्परागत पशुपालनलाई व्यवसायिक बनाउन उन्नत जातको भैंसीपालन गर्न थालेको गाईभैंसी पकेट विकास समितिका अध्यक्ष मोतिलाल बुढाथोकीले बताए । बजारमा दूधको माग बढ्दै गएकाले दूधमा आत्मनिर्भर बनाउनको लागि व्यवस्थित रुपमा भैंसीपालन गर्न थालेको उनको भनाइ छ ।

दूधमा आत्मनिर्भर बराहक्षेत्रका कृषक मारमा

जेठ २, सुनसरी । लकडाउनको प्रत्यक्ष असर दूधबाट दैनिक आम्दानीमा निर्भर साना किसानहरूमा परेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका विभिन्न साना पशुपालक कृषकहरुको उत्पादित दूध बजारसम्म पुर्‍याउन नसक्दा मारमा परेका हुन् ।  शहर बजारमा दैनिक ज्यालादारी गर्ने श्रमिकको चिन्ता जतिकै गाउँबाट बजारमा लगेर दूध बेच्ने दूध व्यवसायीहरूमा पनि बेरोजगारीको चिन्ता बढ्दै गएको छ । यति बेला उनीहरु अर्ध–बेरोजगार बनेका छन् । लकडाउनका कारण सम्पूर्ण होटल, व्यवसाय बन्द हुँदा पर्याप्त दूध खपत हुन सकेको छैन । उत्पादन भएको ५० प्रतिशत दूधको व्यापारमा ह्रास आएको उनीहरुको भनाइ  छ ।  ठूला तथा साना डेरीवालाहरू लकडाउनमा केहि जेनतेन चलिरहेका छन् । तर साइकल, मोटरसाइकलमा टेमीमा बजार पुर्‍याएर दूधको व्यावसाय गर्ने हरूलाई समस्या भएको छ ।  एकातिर प्रशासनको कडाइ अर्को तिर होटल व्यवसाय बन्द हुँदा दूध खपत न्यून हुन थालेपछि उनीहरूको व्यवसाय अहिले ५० प्रतिशत मात्रै हुन थालेको छ । जसले गर्दा एउटा दुईओटा गाई, भैँसी पालन गरेर २/४ लिटर दूधको आम्दानी गर्ने वा फर्म खोलेर कृषिमा निर्भर किसानहरू थप मारमा परेका छन् ।  धरान, इटहरीमा दैनिक साइकल, मोटरसाइकल, टेमीमा दूध विक्री गर्न जाने बराहक्षेत्र नगरपालिकाको कालाबन्जार, रामझोडा, सिमरवन, विशाल चोक, धनपुरी, पिडारीका करीब २०० दुग्ध व्यवसायी प्रभावित भएका छन् भने करीब ५०० परिवार पीडित बनेका छन् ।  गाउँका साना साना किसानबाट मोटरसाइकल र साइकलमा संकलन गरेर उपभोक्ताको घर घर पुर्‍याउने दुग्ध व्यवसायीलाई लकडाउनमा स्थानीय प्रशासनले कडाइ र होटल व्यवसाय बन्द भए पछि दुग्ध खपतमा ह्रास आएको भरौलका साना दुग्ध व्यवसायी हर्क राई बताउँछन् ।  उनले भने, ‘धरानमा होटल, पसल, व्यवसाय बन्द छ, घर भित्रै बसेकाले दूध खपत पनि खासै हुँदैन दूध विक्री गर्न समस्या परेकाले हामी आफै मार्कामा परेका छौ, यसै कारण किसान र साना व्यवसायीलाई सरकार राहतले राहत दिनुपर्ने अवस्था आएको छ ।’  दूध धरान पुर्‍याउने काम पनि संक्रमणको डरले असुरक्षित छ । दूध खपत कम हुँदा किसानबाट उत्पादन भएका सबै दूध संकलन गर्न सकेका छैनन् । अन्य समयमा करीब १२० लिटर दैनिक विक्री गर्ने उनी अहिले मुस्किलले ४० देखि ४५ लिटर मात्र विक्री गर्ने गर्दछन् । कोरोना भाइरसको रोकथामका लागि भएको लकडाउनले भने पशुपालन व्यवसायनै धरापमा परेको अर्का दूध व्यवसायी दिपक पाण्डे बताउँछन् । उनी भन्छन्, ‘कोरोना महामारीको त्रासमा रहेका किसानहरूले उत्पादन गर्दै आएको दूध विक्री हुन छाडे पछि आर्थिक दबाब बढेको छ, दैनिक सात, आठ लिटर दूध उत्पादन गर्ने घरमा ५०० रुपैयाँ कमाइ गरेर घर चलाउने परिवारलाई उत्पादन भएको सबै दूध खपत नहुदा समस्या पर्न थालेको छ ।’  पाण्डेले दैनिक १४० लिटर दूध इटहरी लगेर बेच्ने गरेका थिए । तर अहिले ५० लिटर मात्र विक्री हुने गरेको उनी बताउँछन् ।

तनहुँका किसान पशुपालनमा आकर्षित : मासु, अण्डा र दूधमा आत्मनिर्भर

पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् ।