१७ करोडमा खुल्यो आहारा उद्योग, थप २० करोड लगानी गर्ने

धरान ८ तीनकुनेस्थित आद्यौगिक क्षेत्र हाताभित्र खुलेको ब्राइट फिड प्रालिको शनिबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका छन्। यो उद्योगले कुखुरा, वंगुर, माछा, गाई, भैसीलगायत पशुपंक्षीलाई आवश्यक पर्ने गुणस्तरीय एवं सन्तुलित आहार उत्पादन गर्ने ज...

सम्बन्धित सामग्री

दुई खर्ब ३६ अर्बको अपर अरुण जलविद्युतमा लगानी गर्न विश्व बैंक तयार

५३ अर्ब ३४ करोड स्वदेशी ऋणका लागि समझदारी भइसकेको छ, त्यसमा थप एक खर्ब ३१ अर्ब ऋण दिलाइदिने विश्व बैंकको प्रतिबद्धता, विश्व बैंक आफैँले भने ६५ अर्ब ५५ करोड लगानी...

विश्व बैंकले माथिल्लो अरुणको लगानी जुटाउने

काठमाडौं । विश्व बैंकले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय आयोजनामा गर्ने लगानी एक वर्षभित्र जुटाउने भएको छ । माथिल्लो अरुणमा ५० करोड लगानी गर्ने प्रतिवद्धता जनाईसकेको विश्व बैंकले त्यस बाहेक थप ३० करोड डलर पनि सन् २०२३ भित्रै जुटाउने भएको हो । कम्पनीको डीडीए गरिरहेको विश्व बैंकले लगानी जुटाउनका लागि विभिन्न वित्तिय संस्थाहरुसंग […]

मेलम्ची स्थायी बनाउन ५० करोड लगानी हुँदै

काठमाडौं, मंसिर २७ । । मेलम्ची खानेपानी आयोजना वर्षैभरि सञ्चालनमा ल्याउने गरी थप संरचना बनाउने विषयमा छलफल सुरू भएको छ । मनसुनजन्य विपत्तिका कारण आयोजना ६ महिनामात्रै सञ्चालन हुने भएपछि बाह्रै महिना सञ्चालनमा ल्याउने गरी नयाँ संरचना थप गर्ने तयारी भएको हो । राजधानीका वासिन्दालाई खानेपानी आपूर्ति गर्ने महत्वपूर्ण यो आयोजना वर्षैभरि सञ्चालनमा ल्याउनका लागि […]

मेलम्ची स्थायी बनाउन ५० करोड लगानी हुँदै

काठमाडौं । मेलम्ची खानेपानी आयोजना वर्षैभरि सञ्चालनमा ल्याउने गरी थप संरचना बनाउने विषयमा छलफल सुरू भएको छ । मनसुनजन्य विपत्तिका कारण आयोजना ६ महिनामात्रै सञ्चालन हुने भएपछि बाह्रै महिना सञ्चालनमा ल्याउने गरी नयाँ संरचना थप गर्ने तयारी भएको हो । राजधानीका वासिन्दालाई खानेपानी आपूर्ति गर्ने महत्वपूर्ण यो आयोजना वर्षैभरि सञ्चालनमा ल्याउनका लागि सकेसम्म जेठ मसान्तभित्र […]

सजिलो मर्मत सेवामा ट्रु नर्थ एशोसिएट्सले १० करोड लगानी गर्ने

ट्रु नर्थ एशोसिएट्सले सजिलो मर्मत सेवामा १०० मिलियन अर्थात १० करोड रूपैयाँ लगानी गर्ने भएको छ । यसका लागि सजिलो मर्मत सेवा र ट्रु नर्थ एशोसिएट्सबिच एमओयु सम्पन्न भएको छ ।  यस लगानीले आउने दिनमा कम्पनीको वृद्धिमा सहयोग पुग्ने तथा यसको विस्तार पनि थप बल पुग्ने बताइएको छ । सजिलो सेवाले सन् २०१७ मा आईडिया स्टुडियो नेपालबाट इन्क्युबेसन पाएको थियो ।   सजिलो मर्मत सेवाले...

डाबर नेपालले रू. ९ अर्ब ६८ करोड लगानी थप्ने

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप्ने भएको छ । डाबर नेपाललाई त्यस बराबरको लगानी थप्न लगानी बोर्डले स्वीकृत दिएको हो । कोरोनाको दोस्रो लहरअघि नै डाबरले लगानी थप्न अनुमति माग गर्दै प्रस्ताव गरेको थियो । पेय, सौन्दर्य तथा स्वास्थ्यवद्र्धक वस्तु उत्पादन गर्ने डाबरले नेपालको ९ अर्ब ६८ करोड रुपैयाँ पूँजी थप गर्ने प्रस्ताव  स्वीकृत गरिएको बोर्डका अधिकारीहरूको भनाइ छ । नेपालमा ६ अर्बभन्दा माथिको कुनै पनि लगानीको स्वीकृति तथा सहजीकरण गर्ने जिम्मेवारी लगानी बोर्डले पाएको छ । सोहीअनुसार डाबर बोर्ड पुगेको हो । कम्पनीको प्रस्तावमाथि छलफल गरेर बोर्डको मंगलवार बसेको बैठकले लगानी स्वीकृति दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए । कुल निर्यात व्यापारमा डाबरको योगदान ५ दशमलव ३४ प्रतिशत रहेको छ । नेपालमा ९७ दशमलव ५ प्रतिशत अंश डाबर इन्टरनेशनल लिमिटेडको र बाँकी साढे २ प्रतिशत स्वामित्व नेपाली साझेदारको रहेको छ । २०४७ सालको परिवर्तनसँगै नेपाल आएको डाबरले पछिल्लो समय नेपालमा जुसलगायत वस्तु उत्पादन गरी भारत निर्यात गर्दै आएको छ । निर्यातको सम्भावना बढी भएको वस्तुको उत्पादन क्षमता बढाउन डाबरले प्राथमिकतामा राखेको छ । रियल जुस, डाबर च्यवनप्रास, डाबर रेड टुथपेस्ट, हाजमोला, डाबर अमला हेयर अयल, डाबर हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोस्टाइल, ओडोनिल, ह्यान्डवासलगायत डाबरका मुख्य उत्पादन हुन् । डाबरले हर्बल प्लान्टको उत्पादनका लागि किसानहरूसँग सहकार्य गरिरहेको बताएको छ । पछिल्लो समय डाबरले नेपालमा आफ्नो आम्दानी बढाउँदै लगेको छ । सन् २०२० मा कम्पनीले नेपालबाट ८ अर्ब ९३ करोड आम्दानी गरेको थियो । कोरोनाका कारणले २०१९ को तुलनामा यस वर्ष आम्दानीमा केही गिरावट आएको थियो । २०१९ मा कम्पनीले ९ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । यसैबीच, लगानी बोर्डले सार्वजनिक निजी साझेदारीसम्बन्धी विश्वव्यापी संस्थाको सदस्यता लिने भएको छ । बोर्डले स्वीट्जरल्यान्डमा रहेको वर्ल्ड एशोसिएशन अफ पीपीपी युनिट एन्ड प्रोफेशनलको सदस्यता लिने निर्णय गरेको हो । एशोसिएशनले लगानी बोर्डलाई निःशुल्क सदस्यता दिने प्रतिबद्धता गरेको थियो । सदस्यता लिएपछि लगानी बोर्डले पीपीपी सम्बद्ध ज्ञान तथा उत्कृष्ट अभ्यासका बारेमा प्राविधिक सहायता पाउने लगानी बोर्डको विश्वास छ । मंगलवार स्वीकृत भएको लगानीमध्ये केही अंश नयाँ प्रडक्टमा लगानी गरिने डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले जानकारी दिए । अबको २ वर्षदेखि ४ वर्षको बीचमा यो लगानी नयाँ उत्पादन, मेशिन तथा पुराना मर्मत सम्भारमा खर्चिने र अहिलेकै जुस उत्पादनका प्लान्ट थप्न पनि हुने जानकारी दिए । उक्त लगानीबाट कम्पनीले हालकै जुस प्लान्टको क्षमता विस्तार गर्दै जुस उत्पादनमा नयाँ लाइन थप्ने, पुराना मेशिनहरूलाई प्रतिस्थापन गर्ने र नयाँ प्रडक्टमा लगानी गर्ने योजना रहेको उनले बताए । अहिलेको थप लगानी एफएमजीसीमै केन्द्रित भएर नयाँ प्रडक्ट आउने उनको भनाइ छ । नयाँ प्रडक्डहरूमा पूmड, जुसका साथै कन्जुमर केयरिङमा पनि हुने उनले बताए । ‘भर्खर मात्रै लगानी स्वीकृत भएको छ,’ गोर्खालीले भने, ‘२ वर्षअघि बनेको उक्त योजनालाई पुनर्मूल्यांकन गर्ने र अहिलेको बजारको माग र उपभोक्ताको रोजाइअनुसार नयाँ उत्पादनतर्फ लाग्नेछौं ।’ कम्पनीले अहिले स्वीकृत भएको लगानीपनिहाल फ्याक्ट्री रहेकै जिल्ला बारामै लगाउनेछ । उक्त लगानी थपे पनि कम्पनीले नयाँ प्रडक्ट उत्पादनका लागि अन्य स्थानमा प्लान्ट लगाउने छैन । बारास्थित रामपुर टोकनीको उद्योगमा प्लान्ट लगाउनेछ ।

अरुण तेस्रो आयोजनालाई पूँजी वृद्धि गर्न अनुमति

नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप रू। ६२ अर्ब २६ करोड लगानी ल्याउन प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको छ ।

अरुण तेस्रो आयोजनालाई पूँजी वृद्धि गर्न अनुमति

नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप रू। ६२ अर्ब २६ करोड लगानी ल्याउन प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको छ । लगानी बोर्डको शनिवार बसेको बैठकले उक्त आयोजनाको प्रवद्र्धक एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीलाई त्यस बराबरको पूँजी वृद्धि गर्न अनुमति दिएको हो ।संखुवासभा जिल्लामा निर्माणधीन उक्त आयोजना भारत सरकार स्वामित्वको सतलज जलविद्युत् कम्पनीले बनाइरहेको छ । उक्त कम्पनीले नेपालमा एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी स्थापना गरेर आयोजना बनाइरहेको हो ।

डोल्मा इम्प्याक्ट फण्डले उपाय सिटीमा १८ करोड लगानी गर्ने

काठमाडौं (अस) । डोल्मा इम्प्याक्ट फण्ड–२ ले उपाय सिटी कार्गोमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । शुक्रवार दुई पक्षले उक्त लगानीसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । डोल्माले उपायको शेयर खरीद गरेको बताइए पनि कति प्रतिशत भन्ने खुलाइएको छैन । तत्काल लगानी गर्ने विषयमा सम्झौता भएकोमा लगानी भने आइनसकेको उपायका प्रमुख अपरेटिङ अफिसर अमिगो खड्काले बताए । उनका ड्यु डिलिजेन्सपछि दुवै पक्षबीच थप सम्झौता भई उद्योग विभाग र नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि प्रक्रिया अघि बढाइनेछ । उपायले विभिन्न चालकलाई आफ्नो एपमा जोडेर अनलाइनमार्फत ढुवानी सेवा प्रदान गर्ने गरेको छ । कोठा वा फ्ल्याटको सामान सार्नदेखि विभिन्न अनलाइन डेलिभरीका सेवा कम्पनीले अनलानइनमार्फत प्रदान गर्दै आएको छ । हाल काठमाडौं, बुटवल, पोखरा र भैरहवामा यस्तो सेवा प्रदान गर्दै आएको कम्पनीले कम्पनीले यी चार जिल्लाबाहेक देशभरका ठूला शहरमा आफ्नो सेवा विस्तार, बजारीकरण गर्ने लगायत उद्देश्य लिएको छ । यसैका लागि कम्पनीले थप फण्डका लागि डोल्मासँग सम्झौता गरेको कम्पनीका प्रमुख अपरेटिङ अफिसर खड्काले जानकारी दिए । कम्पनीले आगामी वर्षभित्र विराटनगर, इटहरी, चितवन, हेटौंडा, नेपालगञ्ज र धनगढीमा पनि बजार विस्तार गर्नेगरी निषेधाज्ञाकै बीच तयारी थालेको छ । कम्पनीले यसअघि चारपांग्रे सवारीलाई मात्र ढुवानीका लागि एपमा जोडेकोमा हालै दुईपांग्रे सवारीमार्फत पनि सेवा सञ्चालन गरेको छ । नेपालमा ई–कमर्शको बढ्दो बजारलाई दृष्टिगत गर्दै यस्ता कम्पनीसँग पनि सम्झौता गर्ने तयारी कम्पनीको छ । ‘कम्पनीले ई–कमर्श व्यवसाय र कृषि उत्पादनको ढुवानीलाई विशेष प्राथमिकतामा राखेको छ,’ खड्काले भने । व्यवसाय विस्तारका लागि प्रविधिको पनि आवश्यकता भएकाले यसलाई बढाउने तयारी गरिएको उनले बताए । कम्पनीले अहिले प्राविधिक स्तरोन्नति, बजारीकरण, ब्राण्डिङका लागि काम गरिरहेको उनको भनाइ छ । डोल्मा फण्ड व्यवस्थापनले दुई निजी कोषहरूको सञ्चालन गरिरहेको छ, जसले नेपालका साना र मध्यम आकारका पूर्वाधार, ऊर्जा, स्वास्थ्य, प्रविधि र स्टार्टअप लगायत क्षेत्रका परियोजनामा लगानी गर्दै आएको छ । यसअघि संस्थाले श्वेतगंगा हाइड्रो लिमिटेड, सुरीखोला हाइड्रोपावर प्रालि, क्लाउड फ्याक्ट्री ग्रूप, सस्तोडिल लगायत कम्पनीमा लगानी गरिसकेको छ ।