कसैले प्रचण्डपथ ब्यूँताउनुपर्छ भनेको छैनः हरिबोल गजुरेल

काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले पार्टीभित्र प्रचण्डपथ ब्यूँताउनुपर्छ भन्ने मत नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “माओवादीमा कसैले पनि प्रचण्डपथ ब्यूँताउनुपर्छ भनेका छैनन् । प्रचण्डपथ भनेको नाम मात्र होइन, यसका अन्तर्वस्तु र अरुका अनुभव […]