देउवालाई विश्वासको मत नदिने ओली पक्षीय स्थायी कमिटी बैठकको निर्णय

काठमाडौँ – माधवकुमार नेपाल पक्ष अनुपस्थित नेकपा एमाले स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको बैठकमा ओलीले देउवा सरकारलाई विश्वासको मत दिन नहुने र सशक्त प्रतिपक्षको भूमिका खेल्नु पर्ने प्रस्ताव गरेका थिए। बैठकले ओलीको प्रस्ताव स्वीकार गर्दै देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय […]

सम्बन्धित सामग्री

माधव नेपाल पक्षविनै च्यासलमा शुरू भयो एमाले स्थायी कमिटी बैठक

नेकपा एमाले स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा शुरू भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा शुरू भएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेकै दिन एमाले स्थायी कमिटीको पूर्वनिर्धारित बैठक बसेको हो । माधव नेपाल पक्षले विश्वासको मत दिनेमा देउवा आश्वस्त रहेको उनकी निकट स्रोतको दाबी छ । एमालेले संस्थागत रूपमा भने देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।