काठमाडौं (अस) । नबिल बैंक र नेपाल चिकित्सक संघबीच सम्झौता गरिएको छ । संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवामा छूट दिने उद्देश्यले सम्झौता गरिएको हो । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरूमा संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले नबिल बैंकका देशैभरिका शाखाबाट छूटको लाभ लिन सक्ने बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत कवीन्द्रप्रसाद श्रेष्ठ र संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको समेत उपस्थिति थियो ।