बजार घटाउन अनलाइन प्रणालीको दूरुपयोग : एओएन बाई अर्डरमा हट्यो, सेल अडरमा लगानीकर्ताको मनपरी

माघ ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीको गलत प्रयोग भइरहेको छ । लगानीकर्ताको सहजताका लागि ल्याइएको अनलाइन प्राणालीको गलत प्रयोग गरेर सीमित लगानीकर्ताले फाइदा लिने गरेका छन् । बजारमा विक्री बढी देखाएर यस्ता लगानीकर्ताले बजार घटाउन लागि परेका छन् ।  गतल मनसाय बोकेका लागनीकर्ताले आफूसँग हुँदै नभएको शेयर बढी मात्रामा बेच्न राखेर कम्पनीको शेयरमूल्य घटाउन लागेको देखिन्छ । यसको उदाहरण सोमवारको बजारमा देखिएको छ । सोमवार एक लगानीकर्ताले गोर्खाज फाइनान्सको १ लाख कित्ता शेयर प्रचलित बजार मूल्यभन्दा कम मूल्यमा बेच्न राखेको देखियो ।   सामान्यतया शेयर बजारमा कुनै पनि कम्पनीको शेयर किन्ने मूल्यभन्दा बेच्ने मूल्य बढी हुन्छ । किन्नेले जहिले पनि कम मूल्यमा किन्न खोज्छ भने बेच्नेले जहिले पनि बढी मूल्य लिएर बेच्न खोज्छ । तर, सोमवार गोर्खाज फाइनान्सको शेयरमूल्यमा सामान्य नियम लागू भएको देखिएन । खरीदकर्ताले रू. ७८१ मा किन्न खोज्दै थियो भने बेच्ने १ जनाले त्यो पनि १ लाख कित्ता रू. ७६६ दशमलव ४ रुपैयाँमा बेच्न खोज्दै थियो । यो दृष्य २ बजेर ३८ मिनेट जाँदाको हो ।  ‘यो त एक उदाहरण मात्र हो । यस्ता दृष्य त बजारमा दैनिक जसो देखिने गर्छन् । नियामक निकायले यसलाई ध्यान दिएको छैन्,’ लगानीकर्ता नवराज दाहालले भने । उनले नियामक मुखदर्शक भएर बस्दा साना लगानीकर्ता फस्ने सम्भावना बढ्दै गएको बताए । ‘सोमवारको गोर्खाज फाइनान्सको त्यो स्क्रिन सटबाट नै धेरै कुरा बुझ्न सकिन्छ । त्योभन्दा महँगो मूल्यमा किन्नको लागि बसिरहेको छ खरीदकर्ता तर, उसले किन्न पाएको छैन । यो भनेको एओएन अप्सनको दूरुपयोग गर्न खोजिएको हो,’ उनले भने ।  पहिले एओएन अप्सन दुवैतर्फ रहेको तर, नियामक निकायले प्रलोभनमा परेर बाई तिरको हटाएर सेल तिरको मात्र राखेको दाहाल बताउँछन् । एओएन बटम भनेको  बजार घटाउन प्रयोग हुने अस्त्र भएको उनको भनाइ छ । धेरै कित्ता शेयर विक्रीमा राखेको देखिएपछि बजार घट्ने हुँदा एओएन बटमले बजार घटाउन सहज बनाएको उनले बताए । यो बटम कि त दुवैतिर राख्नुपर्ने हो, कि त दुवैतिर हटाउनु पर्ने उनको माग छ ।  नियामक निकायमा यस्तो कम्प्लेन गर्दा प्रमुख नभएका कारण केही गर्न नसक्ने जबाफ दिने गरेको दाहाल बताउँछन् । पहिले प्रमुख हुँदा पनि यो विषयमा जबाफ दिने नगरेको दाहालको आरोप छ । ‘कुनै कुरा लगानीकर्ताको सहजताको लागि थप्नु पर्ने भयो भने धेरै कसरत गर्नु पर्छ । तर, हटाउनु पर्ने कुरामा जति विरोध भएपनि नियामकले ध्यान दिएको देखिदैन्,’ उनले भने ।  तर, नियामक निकायले भने बजारमा चलखेल गर्ने गरी कहिल्यै पनि नीति तथा नियम नबनाउने नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । उनका अनुसार नियमावलीमा जे कुरा लेखिएको छ सोही अनुसारको सिस्टम विकास गर्दै जाने नेप्सेको काम हो । ‘बजार घटाउने वा बढाउने गरी कहिल्यै पनि सिस्टम बिगार्ने गरिदैन । धितोपत्र विनियमावलीमा जे गर्ने भनिएको छ, त्यही अनुसार सिस्टम विकास गरिएको हुन्छ,’ उनले भने ।  कतिपय लागानीकर्ताले आफूसँग शेयर नहुँदा नहुँदै पनि बढी सप्लाई देखाएर बजार घटाउने गरेको आकलन गरिएको छ । यस्ता लगानीकर्तालाई नेपाल धितोपत्र बोर्ड र नेप्सेले पहिचान गरेर कारबाही गर्नु पर्ने जानकार बताउँछन् । धितोपत्र बोर्ड र नेप्सेको कमजोरीले गर्दा ब्रोकर र लागनीकर्ताको मिलेमतो बढ्दै गएर साना लगानीकर्तालाई फसाउने खेल भइरहेको बजारका जानकार बताउँछन् । 

सम्बन्धित सामग्री

क्यान्सर उपचारमा प्रयोग हुने ‘कार-टी सेल थेरापी’ के हाे ?

क्यान्सर उपचारमा प्रयोग हुने ‘कार-टी सेल थेरापी’ को परीक्षण नेपालमा पनि सफल भएको छ ।

सम्झौता भएको पाँच वर्षसम्म पनि जडान भएन टेलिकमको स्मल सेल

सम्झौता भएको पाँच वर्षमा पनि नेपाल टेलिकम कम्पनीको स्मल सेल प्रविधि जडान हुन सकेको छैन । एक वर्षभित्रमा करिब एक हजार स्थानमा पाँच हजार आठ सय २५ वटा स्मल सेल प्रविधि...

केटीएम सिटीले सुरु गर्‍यो सेल, १ हजारभन्दा सस्तोमा कपडा

केटीएम सिटीले 'विन्टर सेल अफर' सार्वजनिक गरेको छ । कम्पनीले अधिकतम ९ सय ९० रुपैयाँमा जाडो तथा गर्मीका लुगाहरूको सेल अफर बजारमा ल्याएको हो ।

ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ अभियान २६ मंसिरदेखि

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आगामी २६ मंसिरदेखि ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सञ्चालनमा ल्याउने भएको छ । सेल दराज ११.११ को व्यापक सफलता पछि वर्षको अन्तिम अभियान-दराज १२.१२ दराज घोषणा गरेको छ । यो ग्राण्ड इयर एन्ड सेल देशभरका ग्राहकहरूलाई आफूले मनपर्ने उत्पादनहरूमा छुट र अफरहरू प्राप्त गर्ने अर्को अवसर प्रदान […]

१२.१२ सेल अभियानमा बिक्रेतालाई दराजले कसरी सघाउँछ ?

नेपालको अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराजले यो वर्षका लागि १२.१२ सेल अभियान ल्याउँदै छ । वर्षकै सबै भन्दा ठूलो अनलाइन सेल आगामी २६ मंसिरदेखि ३ पुससम्म हुँदैछ । सबैभन्दा धेरै विविधता र सामानभएको र नेपालकै सबै भन्दा ठूलो इकमर्स प्लेटफर्म दराजले बिक्रेताहरुलाई विशेष प्राथमिकता दिएको छ । विगत एक वर्षमा दराज प्रति बिक्रेताहरुको आकर्षण निकै […]

प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ भोजपुरको खुकुरीदेखि सुनसरीको बेसारसम्म

प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ तयार भएको छ। मंगलबार पर्यटन ब्राण्ड सेल पहिचान गर्न गठीत कार्यदलले प्रदेश १को पर्यटन मन्त्रालयलाई प्रतिवेदन बुझउँदै हरेक जिल्लाका उत्पादनको ब्राण्ड सार्वजनिक गरेको हो।...

भ्यालेन्टाइन डेको अवसरमा केएल टावरमा बिग सेल मेला

२ फागुन, काठमाडौं । भ्यालेन्टाइन डेको अवसरमा काठमाडौंको चावहिलस्थित केएल टावरमा बिग सेल मेला आयोजना गरिएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि मेला आयोजना गरिएको केएल टावर मल्टिप्लेक्स प्रालिले जनाएको छ । बिग सेल मेलामा ५० प्रतिशतसम्म छुट योजना ल्याइएको छ । ४० वटाभन्दा बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड रहेको यो मलमा एफक्युब […]

ग्यापुको ११.११ अनलाइन सेल

गत वर्षझैं यो वर्ष पनि नेपाली अनलाइन स्टोर ग्यापुले ११.११ अनलाइन सेलको घोषणा गरेको छ । थुप्रै आकर्षक छुट र अफरका साथ ग्यापुले नोभेम्बर ११ मा यो सेल आयोजना गरेको ग्यापुले जनाएको छ ।जाडोको कपडा, स्मार्टफोन, भान्छाको सामान वा अन्य घरायसी सामान लिने सोचमा भएकालाई ग्यापुको ११.११ सेल सुनौलो अवसर हुने बताइएको छ ।ग्यापुमा उपलब्ध […]

झिनिया र सेल रोटीको व्यापारबाट राम्रो आम्दानी

म्याग्दी : तिहार शुरु भएसँगै म्याग्दी सदरमुकाम बेनीमा झिनिया र सेल रोटीको व्यापार फस्टाउँदै गएको छ।तिहारको समयमा एक जनाले दुईदेखि तीन लाख रुपैयाँको झिनिया तथा सेलरोटी बिक्री गरेका व्यापारीहरूले बताएका छन्। सदरमुकाम बेनीमा मात्रै झिनिया उत्पादन गरेर बिक्री गर्ने २५ जनाभन्दा धेरै छन्।बेनीकी राधा बोगटीले तिहारको अवधिमा सेल रोटी र झिनियाको माग अत्याधिक भएको बताइन्। उनले भनिन्‚ ‘दैनिक ७०० वटासम्म झिनिया र सेल रोटी बिक्री हुन्छ।’घरमा बनाउन झञ्जट हुने, बिग्रने डर र कोसेली लैजान सजिलो

सोनमको उत्सव सेल अफर सुरू

इन्डोर तथा ओउटडोर रिटेल ब्रान्ड सोनमले वार्षिक उत्सव सेल अफर सार्वजनिक गरेको छ । भदौ ३० गतेदेखि सुरु भएको सेल असोज १९ सम्म रहने कम्पनीले बताएको छ । अफर अन्तर्गत कम्पनीले छानिएको केही आइटममा ८० प्रतिशत छुट साथै २०७८ का नयाँ गर्मी कोलेक्सनमा १५ प्रतिशत छुट दिएको छ ।यो योजना सोनमका सबै ओउटलेट तथा अनलाइनमा […]