अमेरिका पुर्‍याएका तीनवटा मूर्ति तथा कलावस्तु काठमाडौं ल्याइयो

काठमाडौं। तस्करहरुले विभिन्न समयमा नेपालबाट चोरी गरी अमेरिका पुर्‍याएका तीन थान पुरातात्विक महत्वका मूर्ति तथा कलावस्तु काठमाडौं ल्याइएको छ। संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयका अनुसार हिजो ल्याइएका १३ औं शताब्दीको अप्सराको रंगिन आकृति कुँदिएको काठको टूँडाल, १४ औं–१५ औं शताब्दीको भूमिस्पर्श मुद्रामा बसेको बुद्धको सुनौलो मूर्ति र १५ औं–१६ औं शताब्दीको बसेको गणेशको मूर्ति नेपाल ल्याइएको हो।

सम्बन्धित सामग्री

चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्ति काठमाडौं ल्याइँदै

न्यूयोर्क स्थित नेपालको महावाणिज्य दूतावास र  म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् । म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक वस्तु ग्रहण गरेका थिए ।एल ब्राग जुनियरले पुरानो नेपाली देवी दुर्गाको मूर्ति गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त मूर्ति ल

चोरेर अमेरिका पुर्‍याइएका मूर्ति फिर्ता

काठमाडौं । नेपालबाट हराएर अमेरिका पुर्‍याइएको १४औँ शताब्दीतिर बनेको पुरातात्विक महत्त्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्काइएको छ । पुरातात्विक महत्त्वको टुँडाल काठमाडौं महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै, प्रस्तरबाट निर्मित करिब ११औँ शताब्दीका शिवको मूर्ति पनि फिर्ता गरी विभागलाई हस्तान्तरण गरिएको छ । शिवको मूर्ति महानगरपालिका–१९ स्थित कङ्केश्वरी...

भक्तपुरबाट अमेरिका पुगेको प्राचीन मूर्ति साढे चार दशकपछि फिर्ता

काठमाडौं : नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको प्रस्तरको तारा–पार्वतीको प्राचीन मूर्ति फिर्ता भएको छ। पुरातत्त्व विभागले शुक्रबार कार्यक्रम गरी ती मूर्ति सार्वजनिक गरेको हो। मूर्ति  नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पी मिकालरले विभागका महानिर्देशक गौतमलाई हस्तान्तरण गरेका हुन्।विभागका महानिर्देशक गौतमले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ\दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको जानकारी दिए।८३ किलोग्राम

नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

काठमाडौं । संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ । उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रबार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ । विसं २०३२ मा भक्तपुरको गोलमाडीस्थित […] The post नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका appeared first on राजधानी राष्ट्रिय दैनिक.

चोरेर अमेरिका पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल फर्काइयो

काठमाडौं । पुरातत्व विभागले चोरेर अमेरिका पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल फर्काएको छ । विभिन्न समयमा चोरी भएर अमेरिकाको न्युयोर्क तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति र सोही ठाउँ रुबिन म्युजियममा भेटिएको टुँडाल नेपाल फर्काइएको पुरातत्व विभागमा प्रमुख दामोदर गौतमले जानकारी दिए । ‘‘गत सोमबार नेपाल फर्काइएको थियो । सोही मूर्ति यम्पी महाविहार...

चोरी भएर अमेरिका पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल ल्याइयो

१८ फागुन, काठमाडौं । विभिन्न समयमा चोरी भएर अमेरिका पुगेका मूर्ति र टुँडाल नेपाल फर्काइएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेको टुँडाल र अर्को एउटा काष्ठकलासँगै न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति नेपाल ल्याइएको हो । सोमबार काठमाडौं ल्याइएको उक्त मूर्तिलाई पुरातत्व विभागले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको छ । पुरातत्व […]

ललितपुरबाट चोरी भइ अमेरिका पुगेको लक्ष्मी नारायणको मूर्ति फर्काइयो नेपाल

काठमाडौं : नेपालबाट सन् १९८४ मा चोरी भएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्ति अमेरिकाबाट नेपाल ल्याइएको छ। आज एक कार्यक्रमकाबीच सो मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। उक्त मूर्ति सन् १९९० देखि अमेरिकाको डल्लास म्यूसियम अफ आर्ट्समा प्रदर्शनमा राखिएको थियो। मूर्ति स्वदेश फर्काउन सफल भएको भन्दै अमेरिकी राजदूत रेन्डी बेरीले…

अमेरिका पुर्‍याइएका पुरातात्विक नेपाली कलाकृतिहरू नेपाल फर्काइदै

काठमाडौं : अवैध रुपमा अमेरिका पुर्‍याइएका नेपालका थप पुरातात्विक कलाकृतिहरू नेपाल फर्काइने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालका थप कलाकृतिहरू घर फर्किने क्रममा रहेको जानकारी दिएको हो। दूतावासका अनुसार बिहीवार अमेरिकाको न्यूयोर्कमा आयोजित एक समारोहमा न्यूयोर्कस्थित जिल्ला वकीलको कार्यालयका प्रतिनिधिहरूले नेपाली कन्सुलेटका प्रतिनिधिहरूलाई १५-१६ औं शताब्दीको गणेशको मूर्ति, १४-१५ औं…

नेपालबाट हराएका तीनवटा प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

काठमाडौं । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ ।गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय […]

पाटनबाट चोरिएको लक्ष्मी नारायणको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौं : नेपालबाट सन् १९८४ मा चोरी भएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्ति अमेरिकी सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। वासिङटनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा फेडरल ब्युरो अफ इन्भेस्टिगेशनका सहायक निर्देशक टिमोटी एम डनह्यामले ललितपुरबाट चोरी भइ अमेरिका पुगेको मूर्ति राजदूत युवराज खतिवडालाई हस्तान्तरण गरेकका हुन्। उक्त मूर्ति सन्…