सम्पत्ति शुद्धीकरण रोक्न १९ ऐन संशोधन प्रक्रिया तत्कालै

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न सरकारले केही नेपाल ऐन संशोधन विधेयकलाई तत्कालै संघीय संसद्मा पेश गर्ने निर्णय गरेको छ । त्यससम्बन्धी १९ ओटा ऐनमा संशोधन गर्न केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको र अब संसद्मा पेश गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यस्तो ऐनको अभावमा अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको स्तर खस्कने वा कालोसूचीमा पर्न सक्ने अवस्था छ । त्यसै कारण अघिल्लो सरकारले संसद्बाट पारित गराउने प्रयास गरेको थियो । प्रस्तावित विधेयकमा नेपाल ऐन संशोधनमार्फत ५० करोड रुपैयाँभन्दा धेरै चुक्ता पूँजी भएका बचत तथा ऋण सहकारीलाई नेपाल राष्ट्र बैंकको नियामकीय तथा सुपरिवेक्षणमा राख्ने व्यवस्था गर्न खोजिएको छ । यससँगै सहकारीको आकार र क्षमताअनुसार नियामकीय अधिकार छुट्ट्याउने प्रस्ताव गरिएको छ । यसका लागि नेपाल राष्ट्र बैंक ऐनमा यस्तो प्रावधान राख्न लागिएको छ । सरकारले सम्पत्ति शुद्धीकरण हुन नदिने गरी नेपालका विभिन्न सम्बद्ध कानून संशोधन गर्ने गरी केही नेपाल ऐन संशोधनको मस्यौदा मन्त्रिपरिषद्बाट पास गराएको हो । सरकारले अघिल्लो संसद्बाटै उक्त विधेयक पारित गर्ने प्रयास गरेकोमा प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई राष्ट्रिय सभाले स्वीकार नगर्दा विधेयक त्यसै रोकिएको थियो । त्यहीबीचमा प्रतिनिधिसभाको कार्यकाल नै समाप्त भएर विधेयक निष्क्रिय भएपछि सरकारले गत भदौमा अध्यादेशमार्फत नयाँ ऐन ल्याउने प्रयास गरेको थियो । तर, राष्ट्रपतिबाट अध्यादेश जारी नहुँदा सरकारको उक्त प्रयास पनि सफल हुन सकेको थिएन । त्यही आवश्यकता पूर्तिका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न आवश्यक मानिएका १९ ओटा कानूनका विभिन्न प्रावधान संशोधन गर्ने तथा नयाँ प्रावधान थप गर्ने गरी कानून मन्त्रालयले संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । विभिन्न कर छली, भ्रष्टाचार, हुन्डीलगायत अन्य अपराधजन्य कार्यमार्फत सृजना हुने कमाइलाई वैध हुनबाट रोक्ने प्रयास सम्पत्ति शुद्धीकरण निवारण हो । केही नेपाल ऐन संशोधन विधेयकमार्फत अहिले नेपाल राष्ट्र बैंक ऐन २०५८, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण ऐन) २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४, पारस्परिक कानूनी सहायता ऐन २०७०, संगठित अपराध निवारण ऐन २०७०, मुलुकी अपराध संहिता २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ पानीजहाज दर्ता ऐन २०२७ संशोधन गर्ने प्रस्ताव गरिएको छ । नेपालमा सम्पत्ति शुद्धीकरण निवारणको अवस्थाबारे एशिया प्रशान्त समूह (एपीजी)ले दुई चरणमा अध्ययन तथा मूल्यांकन गरिसकेको छ । गत असोजको अन्तिम ३ दिन प्रि– अनसाइट अध्ययन सम्पन्न भएको थियो भने मङ्सिर मसान्तसम्म दोस्रो चरणको पारस्परिक अध्ययन गरेको थियो । त्यसको प्रतिवेदन प्राप्त भइसकेको छैन । मूल्यांकन अवधिभित्र कानून संशोधन नभएकाले नेपाल अन्तरराष्ट्रिय मूल्यांकनमा ‘ग्रे जोन’मा पर्ने खतरा छ । विगतमा कानून निर्माणमा तदारुकता देखाउन नसक्दा सन् २००९ देखि २०१४ सम्म नेपाल उक्त समूहको निगरानी सूचीमा एकपटक परिसकेकाले पनि यो विधेयकलाई नेपाल सरकारले चासो दिँदै तीव्र गतिमा अघि बढाउन चाहेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि उक्त विधेयक अघि बढाउन चासो देखाएका थिए । यसै साता अर्थ मन्त्रालयमा उक्त विधेयकबारे भएको छलफलमा अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानहरूलाई संसद्बाट पास गराई प्रभावकारी तवरले कार्यान्वयन गर्न ध्यान दिने उल्लेख गर्दै अन्तरराष्ट्रिय रूपमा नेपालको छवि बिग्रन नदिने जानकारी दिएका थिए । सरकारले विधेयक संसद्मा पठाएसँगै संसदीय समितिमा दफावार छलफल हुनेछ । त्यसपछि संसद्मा छलफल गरी पास गरिनेछ । संसद्बाट पारित विधेयक राष्ट्रपतिले स्वीकृत गरे मात्र कानूनमा रूपान्तरण हुनेछ ।

सम्बन्धित सामग्री

सम्पत्ति शुद्धीकरण गर्ने दुईलाई पाँच वर्ष कैद

नक्कली कागजात पेस गरी भारतबाट आलु र प्याज आयात गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा दुईजनालाई विशेष अदालतले सजाय सुनाएको छ । ४ पुसमै कसुर कायम भए पनि सोमबार सजाय निर्धारण गरिएको...

सम्पत्ति शुद्धीकरण कसुरविरुद्ध १५ सय उजुरी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धान र कारबाही तीव्र बनाएको छ । विभागमा हाल विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १५ सय बढी व्यक्तिविरुद्ध उजुरी परेको छ । विभागमा आएका उजुरीका आधारमा छानबिन तीव्रता दिएर कसुर प्रमाणित भएकालाई धमाधम मुद्दा दायर गर्ने क्रम थालिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ […] The post सम्पत्ति शुद्धीकरण कसुरविरुद्ध १५ सय उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेलगाम बन्दै सम्पत्ति शुद्धीकरण

सम्पत्ति शुद्धीकरण निवारण के, किन र कसरी भन्ने सम्बन्धमा जनचासोलाई व्यापक र सशक्त बनाउन चेतनामूलक कार्यक्रम सञ्चालनको खाँचो देखिन्छ । यसले विद्यमान व्यवस्थामा सुधारको गुञ्जायसलाई औंल्याएको छ । सम्पत्ति शुद्धीकरण आर्थिक अपराधहरूमध्ये गम्भीर एक हो । सामान्यतया मौद्रिक लाभ लिने उद्देश्यले गरिने अनियमित र अनैतिक प्रकारका सबै हरकदलाई आर्थिक अपराध भनिन्छ । यसले वित्तीय कानुनी […]

छुट्टै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण प्रभावकारी बनाउनको लागि छुट्टै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने भएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धि निरीक्षण तथा सुपरीवेक्षणको प्रभावकारीता बढाउन छुट्टै विशिष्टिकृत सुपरीवेक्षण युनिट स्थापना गर्न लागेको हो । राष्ट्र बैंकले सम्पत्ति […]

राष्ट्र बैंकभित्र सम्पत्ति शुद्धीकरण निवारण महाशाखा स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ । माघ १ गते देखि सञ्चालनमा आउने गरी छुट्टै महाशाखा स्थापना गरिने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सो महाशाखाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ । यसअघि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सबै काम […]

राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण महाशाखा

काठमाडौं : सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा अब नेपाल राष्ट्र बैंकमै स्थापना हुने भएको छ । राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी गतिविधि निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न लागेको जानकारी दिएको हो। महाशाखा आगामी माघ १ गतेदेखि सञ्चालन हुनेछ।सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न राष्ट्र बैंकभित्र विशिष्टीकृत सुपरिवेक्षकीय

सम्पत्ति शुद्धीकरण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा स्थापना

नेपाल राष्ट्र बैँकले आगामी पुस १ गतेदेखि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने भएको छ । यस्तो सुपरिवेक्षणका लागि राष्ट्र बैंकले छुट्टै महाशाखाको स्थापना गर्ने भएको हो । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा (मनी लौन्डिङ प्रिभेन्सन सुपरिभिजन डिभिजन) स्थापना गर्ने निर्णय भएको जनाएको छ । यसै महाशाखाले अब सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा भए गरेका तथा सम्भावि

२७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा क्यासिनो संचालकविरुद्ध मुद्दा

२७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले क्यासिनो संचालकविरुद्ध मुद्दा दायर गरेको छ । क्यासिनो संचालक सुरेन्द्र बहादुर सिंहलाई प्रमुख प्रतिवादी बनाएर विभागले चार जनाविरुद्ध...

सम्पत्ति शुद्धीकरण  मुद्दामा इच्छाराज थुनामा

सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त व्यवसायी तथा एमालेका पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ । बिहीबारदेखि हेर्दाहेर्दैमा रहेको यो मुद्दामा शुक्रबार भएको थुनछेक बहसपछि यस्तो आदेश आएको हो ।  विशेषका...

सम्पत्ति शुद्धीकरण निवारणमा कठोर बन

सम्पत्ति शुद्धीकरण विभाग गठन भएयता कुनै पनि प्रमुखले नियमित काम गर्न पाएनन् । विभिन्न राजनीतिक दल तथा तिनका सम्बद्ध नेताको स्वार्थमा नियमित रूपमा नै प्रमुखको सरुवा गर्ने कार्यले निरन्तरता पाउँदा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग देखाउनका लागि मात्र गठन गरेको हो कि भन्ने पनि आशंका छ । किनकि सम्पत्ति शुद्धीकरण निवारणका मुद्दा साधारण नागरिकविरुद्ध पर्ने होइनन्, […]