सरकारी सेवालाई प्रभावकारी बनाउन ‘नागरिक एप’– मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘नागरिक एप’ सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सो एप सार्वजनिक गर्नुभएको हो । सरकारको तर्फबाट नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन सो एप तयार गरिएको मन्त्री गुरुङले बताउनुभयो । सरकारी कामकाजलाई प्रभावकारी बनाउन र त्यसको अनुगमन सहजका लागि एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास मन्त्री गुरुङले गर्नुभयो । सरकारको काम नागरिकको हातहातमा पु¥याउन नागरिक एक आजैबाट परीक्षणका लागि सार्वजनिक गर्दछुँ उहाँले भन्नुभयो, “सरकारले शुरु गरेको सेवाहरुको लाभ लिन पनि म सबैमा आग्रह गर्दछुँ ।” “लाइन होइन, अनलाइनबाट २४ घण्टा सरल, सहज र प्रभावकारी सेवाका लागि नागरिक एप” सार्वजनिक गरिएको मन्त्री गुरुङले बताउनुभयो । नागरिक एपबाट प्यान नम्बर प्राप्त गर्न सकिने, एपबाटै डिजिटल सूचना प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । सरकारका सबै सेवालाई एकीकृततहमा डिजिटलाइज्ड गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । मोबाइलसेट मार्फत कर तिरेको विवरण, नागरिकता, राहदानी, मतदाता परीचयपत्र, नागरिक लगानीको, सञ्चयकोषको जम्मा भएको रकम र ऋणबारे जानकारी लिन सकिने मन्त्री गुरुङले जानकारी दिनुभयो । ‘नागरिक एप’मार्फत हेलो सरकारमा गुनासो गर्न सकिने पनि मन्त्री गुरुङले जानकारी दिनुभयो । सेवा लिन नागरिकले नागरिकता, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्दा सेवा लिन सकिने मन्त्री गुरुङले बताउनुभयो । सरकारी सेवालाई प्रविधिमैत्री बनाउन एप परीक्षणकालको रुपमा सार्वजनिक गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र आदि विषयसहित नागरिकसँग सम्बन्धित सेवाहरु थपिदै जाने उहाँले बताउनुभयो । एप प्रयोगले सरकारी काम पारदर्शी, भरपर्दो र सुरक्षित हुने उहाँले प्रष्ट पार्नुभयो । इन्टरनेटको पहुँच भएका सबै नागरिकले सेवा सजिलै लिन सक्ने बताउनुहुँदै मन्त्री गुरुङले एप प्रयोगकालागि तालिम, प्रशिक्षणको अभियान पनि सञ्चालन गरिने बताउनुभयो

सम्बन्धित सामग्री

नागरिक एप प्रभावकारी बनाउन विद्युत व्यवसायीको भूमिका महत्वपूर्णः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सेवाहरु मोबाइल बाटै प्रवाह गर्नेगरी सञ्चालन गरिएको नागरिक एपलाई प्रभावकारी बनाउन विद्युत व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित काठमाडौं विद्युतीय व्यवसायी संघको एघारौं बार्षिक साधरणसभामा मन्त्री गुरुङले प्रत्येक नागरिकको घरमा पुग्ने विद्युतीय सामग्रीहरु गुणस्तरीय, सस्तो र सर्वसुलभ हुनुपर्नेमा जोड दिनुभयो । सरकारी सेवाका लागि कार्यालय जानु नपर्ने र कुनै झण्झट बेहोर्नु नपर्ने गरी नागरिक एप सुरु गरिएको जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले पेपरलेस, फेसलेस र लाइन हैन, अनलाइनबाट सेवा प्रवाह भन्ने अभियानलाई सफल बनाउन व्यवसायीहरुले सहयोग गर्नुपर्ने बताउनुभएको उहाँको प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।