प्रहरी हस्तक्षेपपछि रवीन्द्र मिश्रले भने : ओलीको राष्ट्रवाद नांगियो

२८ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा अहिले पनि केही प्रहरी स्ट्यान्डबाई छन् । पार्टी कार्यकर्ताले एउटा ब्यानर कार्यालय अगाडि टाँग्ने र प्रहरीले त्यसलाई निकाल्ने क्रम जारी छ । कार्यालयमा केही दिनअघिदेखि 'मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं' लेखिएको कालो पृष्ठभूमिको ब्यानर टाँगिएको थियो । शुक्रबार दिउँसो २ बजे …