गुल्मी – जिल्ला खेलकुद विकास समिति गुल्मीले क्रिकेटर अर्जुन कुमाललाई सम्मान गरेको छ । १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टाेलीका सदस्य रहेका कुमाललाई खेल क्षेत्रमा थप हौसला प्रदान गर्ने उद्देश्यले सदरमुकाम तम्घासमा सम्मान गरिएको हो । जिल्ला खेलकुद विकास समितिकाे आयोजनामा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले खेलकुद विकास समितिको तर्फबाट अर्जुनलाई नगद र सम्मानपत्रद्वारा सम्मानित गर्नुभयाे । गुल्मीको छत्रकोट गाउँपालिका ५ काे मानकोटका अर्जुनले केही समय अगाडि यूएईमा भएको १९ वर्षमु...