भागेर सिंगापुर पुगेका श्रीलंकाका राष्ट्रपति राजापाक्षेले दिए राजीनामा

कोलम्बो । प्रदर्शन चर्किएपछि भागेर सिंगापुर पुगेका श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । उनले इमेलमार्फत सभामुखलाई राजीनामा पत्र पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोताबायाको राजीनामापछि राजधानी कोलम्बोमा प्रदर्शनकारीहरूले खुसियाली र्‍याली निकाले छन् । गत मंगलबार राति श्रीलंकाबाट भागेर माल्दिभ्स पुगेका राजपाक्षे त्यहाँबाट सिंगापुर पुगेका हुन् । उनको साथमा उनकी पत्नी र...