वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी १०३ वर्षको असाधारण दीर्घ जीवनयापन गरी गतवर्ष संसारबाट बिदा हुनुभयो । उहाँको जीवन लामो मात्र थिएन, सक्रिय पनि थियो । अस्पताल भर्ना हुनुअघिसम्म पनि उहाँले आफ्नो क्रियाशील दैनिक जीवन बिताइरहनुभएको थियो । उहाँले हरेक साँझ आफ्नै घरमा बनाइएको शुद्ध ‘अयला’ (मदिरा) दुई पाला सेवन गर्ने गरेको एक अन्तर्वार्तामा बताउनुभएको थियो […]