काठमाडौं, पुस ८ । पूर्णरूपमा निर्माण सम्पन्न नहुँदै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट बनारस उडान गर्ने भएको छ । विमानस्थलनजिकै समस्याका रूपमा रहेको छिन्ने डाँडा कटान नसकिँदै आगामी जनवरी १ बाट क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्न लागिएको हो । नागरिक उड्डयनको अन्तर्राष्ट्रिय नियमअनुसार विमानस्थलनजिक हुन नहुने डम्पिङ साइट नहटाइँदै उडानको तयारी सौर्य एयरलाइन्सले गर्न लागेको हो । […]