काठमाडौं : निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ।
नेकपा (एमाले)का तर्फबाट मेयरको उम्मेदवार बनेका स्थापित बैशाख १५ गते काठमाडौंमा आयोजित कार्यक्रममा महिला प्रश्नकर्तामाथि आक्रामक रुपमा प्रस्तुत भएका थिए। प्रश्नकर्ताले स्थापितमाथि लागेको 'मिटु' आरोपबारे प्रश्न गरेकी थिइन्। जवाफमा स्थापितले 'यु आर नाइस लेडी। तर थुतुनो ठिक भएन' भन्दै प्रश्नकर्तामाथि…