पूर्वराष्ट्रपति जुमालाई जेल पठाएपछि दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन

बीबीसी।दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमालाई जेल पठाइएपछि हिंसात्मक प्रदर्शन भएका छन्।अदालतको मानहानी मुद्दामा दोषी ठहर भएपछि जुमालाई जेल पठाइएको हो।काजुल–नताल प्रान्तमा सबैभन्दा बढी हिंसात्मक प्रदर्शन भएको बताइएको छ।पसल,मलहरुमा आगलागी गर्नेदेखि लुटपाट मच्चाउने कामसमेत भएको स्थानीय प्रहरीले जनाएको छ।दक्षिण अफ्रिका सरकारकाले कयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ।जुमाका समर्थकहरुले हिंसा मच्चाएको आरोप प्रहरीको छ।जुमा सन् २००९ देखि २०१८सम्म दक्षिण अफ्रिकाको राष्ट्रपति थिए।