काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि हुने चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने हुनुभएको छ ।
नेतृत्व चयनका लागि हुने मतदानमा पौडेल सहभागी नहुने उहाँको सचिवालयले जनाएको छ ।
यसअघि सभापति पदका आकाङ्क्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुनुभएको थियो। शेखर कोइराला र प्रकाशमान सिंहले दाबी नछाडेपछि पौडेल प्रतिस्पर्धाबाट बाहिरिनु भएको हो ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् । सभापति, २ उपसभापति, २ महा...