ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चाँडै नै नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । नेपालले भारतीय प्रसारण लाइन प्रयोग गरी वर्षायाममा बंगलादेशमा विद्युत् निर्यातले दुई देशबीच विद्युत् व्यापारको ढोका खोल्ने उनको भनाइ छ ।