दोधार चाँदनी : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ। कोरोना संक्रमणका वेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको उपचार प्रभावित बनेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिले जनाएको छ। अस्पतालको पीसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए।