उमेश श्रेष्ठले सम्हाले प्रधानमन्त्री कार्यालयमा पदभार

स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार पदभार ग्रहण गरेका छन् । मुख्यसचिव शंकरदास वैरागी, प्रधानमन्त्री कार्यालय मातहत निकायका सचिवहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशकलगायतका उपस्थितिमा उनले पदभार ग्रहण गरेका हुन् । पदबहाली पश्चात आयोजित संक्षिप्त कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयबाट सम्पादन गर्नुपर्ने अनुगमन तथा मूल्यांकन, अन्तर निकाय समन्वय तथा सहजीकरण लगायतका विभिन्न सुधारसम्बन्धी कार्यहरुलाई थप प्रभावकारी रुपमा अघि बढाउन आफू क्रियाशील ...