अफगानी नागरिक विश्वकै सबैभन्दा जटिल भोकमरी सङ्कटमा : एफएओ प्रतिवेदन

अफगानिस्तानका नागरिक विश्वकै सबैभन्दा जटिल भोकमरी सङ्कटमा रहेका संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जनाएको छ । अघिल्लो वर्ष तालिबानले नेतृत्व लिएदेखि नै अफगानिस्तानमा खाद्य असुरक्षा बढेको छ । प्रतिवेदनमा अफगानी नागरिक विश्वकै विकराल भोकमरीको समस्यामा रहेका उल्लेख छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् । यो कुल जनसङ्ख्याको आधाभन्दा धेरै सङ्ख्या हो ।...