संविधानको रक्षा गर्ने दायित्व आएको छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज भर्चुअलरुपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले  काँग्रेस नेतृत्वको सरकारका समयमा जारी नेपालको लोकतान्त्रिक संविधानको रक्षार्थ काँग्रेस सधैं चिन्तित रहेको बताए ।  समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, सचिव प्राडा वासुदेव भण्डारी जिल्ला अध्यक्ष प्राडा गिरिधारी शर्मालगायतले संविध...