विप्लव समूहका २१ जना कार्यकर्ता पक्राउ

काठमाडौं, कात्तिक २८ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । त्रि–चन्द्र कलेज अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिनुभयो । कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्दअघि विप्लव समूहले आइतबार एक घण्टा चक्काजामको घोषणा गरेको थियो ।

सम्बन्धित सामग्री

हेटौँडाबाट विप्लव नेतृत्वकाे नेकपाका ७ जना नेता कार्यकर्ता पक्राउ

मकवानपुर – हेटौँडा उपमहानगरपालिका १० बसपार्कबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सात जना नेता कार्यकर्ता पक्राउ परेका छन् । सरकारले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संशोधन गर्न ल्याएकाे अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै हेटौँडा बसपार्कमा पूर्व–पश्चिम राजमार्ग अवरोध गर्न खोजेपछि अखिल क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सूर्य सिंहसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरूमा अखिल क्रान्तिकारी पश्चि...

हेटौँडामा राजमार्ग बन्द गराउन खोज्ने विप्लव समूहका सात कार्यकर्ता पक्राउ

हेटौँडाबाट विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई मकवानपुर प्रहरी पक्राउ गरेको छ ।

दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

४ मंसिर, दार्चुला ।  दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष्ट रहेका छन् । लेकम गाउँपालिका-१ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्ता थुनामुक्त्त

अढाई बर्ष अघि पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता थुनामुक्त भएका छन् । नेकपाका मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा र जिल्ला नेता बालकुमार डाँगी थुनामुक्त्त भएका हुन् । १६...

बन्द गराउँदै हिँडेका विप्लव र वैद्यका कार्यकर्ता पक्राउ

बजार र यातायात बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘ विप्लव’ नेतृत्वको नेकपा र मोहन वैद्य 'किरण' नेतृत्वको माओवादी क्रान्तिकारीका नौ जना कार्यकर्ता बुटवलबाट पक्राउ परेका छन् विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारीका क्रमश: चार र तीन जना तथा वैज्ञानिक समाजवादीका दुई पक्राउ परेका हुन् । नेकपा जिल्ला सदस्य नविन थारु, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो ।क्रान्तिकारी माओवादी

चितवनमा विप्लव समूहका १६ जना कार्यकर्ता पक्राउ

चितवन, कात्तिक ३० । चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका १६ जना कार्यकर्ता पक्राउ परेका छन् । चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका १६ जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनकाले जनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार बिहान साँढे ५ बजे वाइपास रोडको आँखा अस्पताल अगाडि टायर […]

सुनसरीमा विप्लव समूहका २२ कार्यकर्ता पक्राउ

सुनसरी– बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव समूहका २२ जना कार्यकर्ता सुनसरीबाट पक्राउ परेका छन् । बिहानैदेखि बन्द गराउँदै हिँड्ने २० जनालाई इटहरीबाट र अन्य दुई जनालाई धरानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए । इटहरीमा पसल बन्द गराउँदै हिँडेको भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । धरानमा सवारी […]

काठमाडौंबाट विप्लव समूहका ६ जना कार्यकर्ता पक्राउ

नेपाल बन्द गराउँदै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)का ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौं जिल्ला सदस्य रामकृष्ण गिरी, भुवन तामाङ र सुकबहादुर तामाङ सहित ६ जना छन् । पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको बिरुद्ध मंगलबार सो समुहले नेपाल बन्द आयोजना गरेको छ ।

बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वका तीन कार्यकर्ता कैलालीबाट पक्राउ

कैलाली : कैलालीमा बन्द गराउदै हिडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपका नगर इन्चार्जसहित तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकोछ । जिल्लाको टीकापुर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्। आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै आह्वान गरिएको बन्दका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी…

विप्लव समूहका दुई कार्यकर्ता कालिकोटबाट पक्राउ

२० पुस, सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । डीएसपी शाहका अनुसार पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका […]