साढे २१ लाख जनसंख्या विदेशमा, १० वर्षमा विदेशिने महिला ७१ प्रतिशतले बढे

१० वर्षको अवधिमा नेपालबाट विदेशिने महिलाको संख्या ह्वात्तै बढेको छ । २०६८ सालको तुलनामा २०७८ मा आइपुग्दा विदेशिने महिलाको संख्या ७१.०९ प्रतिशतले बढेको पाइएको हो । दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरुष १६ लाख ८४ हजार २९ अर्थात ८७.६४ प्रतिशत थिए । यस्तै महिला २ लाख ३७ हजार ४००  अर्थात १२.३६ प्रतिशत थिए । तर २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्