हिलरी आँधी अमेरिकाकाे क्यालिफोर्निया पुग्यो, साढे दुई करोडभन्दा धेरै मानिस बाढीको जोखिममा

मेक्सिकोमा पर्ने प्रशान्त महासागरको तटमा भीषण हावाहुरी र बाढी निम्त्याएकाे हिलरी नामक समुद्री आँधी अमेरिकी राज्य क्यालिफोर्निया पुगेको छ । यो आँधी उत्तरतर्फ सर्दै जाँदा कमजोर हुने ठानिएको छ । तर  क्यालिफोर्नियामा भने यसलाई ८४ वर्षयताकै पहिलो समुद्री आँधी भएको बीबीसीले जनाएको छ ।   यसअघि सन् १९३९ मा दक्षिणी क्यालिफोर्नियाको लङ बीचमा यस्तै आँधी आएको थियो । क्यालिफोर्निया सरकारले दशकौँपछि निकै भयावह आँधीको चपेटामा पर्न लागेको भन्दै सतर्कता अपनाउन भनेको छ । मेक्सिकोमा यही आँधीले व्यापक क्षति पुर्‍याइसकेको...