भैरहवामा होटेलको छतबाट खसेर युवकको मृत्यु

रुपन्देहीको भैरहवामा होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भैरहवा बसपार्कमा रहेको होटल सि प्रिन्सको छतबाट खसेर रुपन्देहीको कोटिहिमाई गाउँपालिका ५ का २४ बर्षीय अमित यादव शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार ती युवक साथीहरुसहित त्यस होटलमा बस्न आएका थिए । होटल चार तले छ । कुन तलाबाट उनी खसे भन्ने खुलेको छैन । होटल मालिकले केही पैसा पनि हराएको र उनी चोरेर भाग्ने क्रममा छतबाट खसेर मृत्यु भएको प्रहरीलाई बताए ।प्रारम्भिक अनु

सम्बन्धित सामग्री

आफ्नै घरको छतबाट खसेर युवकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ६ मिल रोडमा आफ्नै घरको छतबाट खसेर एक जना युवकको ज्यान गएकाे छ।...

होटेलको छतबाट खसेर युवकको मृत्यु

काठमाडौँ । रुपन्देहीको भैरहवामा होटेलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भैरहवा बसपार्कमा रहेको होटेल सी प्रिन्सको छतबाट खसेर रुपन्देहीको कोटिहिमाई गाउँपालिका ५ का २४ वर्षीय अमित यादव शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार ती युवक साथीहरूसहित त्यस होटेलमा बस्न आएका थिए । होटेल […]

एक्लै बस्दै आएका पुरुषको घरको छतबाट खसेर मृत्यृ

काठमाडौं, १६ जेठ । काठमाडौंको लाजिम्पाटमा एक पुरुषको घरको छतबाट खसेर मृत्यु भएको छ । छतबाट खसेर ६४ वर्षीय महेश पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । पन्त घरमा एक्लै बस्दै आएका थिए । उनका श्रीमती र छोरा थाइल्याण्ड बस्दै आएका छन् ।

चुनावी प्रचारमा हिँडेका युवकको गाडिको छतबाट खसेर मृत्यु

सल्यानमा चुनावी प्रचारमा हिँडेका एक युवकको गाडिको छतबाट खसेर मृत्यु भएको छ। कालिमाटी गाउँपालिका–२ दानीगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले...

छतबाट खसेर एक जनाको मृत्यु

भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ८ लिवालीमा बस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै ५ तले घरको छतबाट खसेर मृत्यु भएको छ।...

काठमाडौंमा होली खेल्ने क्रममा छतबाट खसेर महिलाको मृत्यु

काठमाडौं, ४ चैत्र । काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । तारकेश्वर बस्दै आएकी डिवन कुमारी खड्काको होली खेल्ने क्रममा घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार महिलाको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । होली खेल्ने क्रममा छतबाट खसेर अर्की एक […]

सल्यानमा बसको छतबाट खसेर घाइते एकको मृत्यु

सल्यान : सल्यानमा बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरबाट सिद्धकुमाख गाउँपालिकाको छापडाँडा जाँदै गरेको ना ५ ख २७९३ नम्बरको बसको छतबाट खसेर सोही गाउँपालिका–३ फलाटेका ३० वर्षीय रवीन्द्र बोहराको मृत्यु भएको हो।बिहीबार साँझ बसको छतबाट सामान निकाल्ने क्रममा बोहरा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।बसको छतबाट खसेर घाइते भएका उनको श्रीनगरमा सामान्य उपचार पछि थप उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राति ११ बजे मृत्यु भएको जिल्ला

घरको छतबाट खसेर वृद्धको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कमा घरको छतबाट खसेर एक वृद्धको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षिय खिमानन्द पौडेलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । आज बिहान छतबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक गणेश खनालले घटनाबारे थप अनुसन्धान भइरहेको  बताए । शव पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको छ ।

पोखरामा घरको छतबाट खसेर महिलाको मृत्यु

पोखरा । पोखरामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । काठमाण्डौ घरभई पोखरा  न्यूरोडस्थित डेरा गरी बस्ने ३५ वर्षीया चन्द्रलक्ष्मी श्रेष्ठको आइबार घरको छतबाट खसेर मृत्यु भएको हो । साढे २ तले पक्की घरको छतबाट खसेर गम्भीर घाइते भएकी  श्रेष्ठको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए ।