मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको काम सुरु

तनहुँ, ९ पुस: व्यास नगरपालिका–१ स्थित भादगाउँ सहलगानीमा मादीनदी लिफ्टिङ–खानेपानी आयोजनाको निर्माण सुरुआत भएको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम अगाडि बढेको हो । कूल रु २६ करोड लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको पराजुली कन्स्ट्रक्सनले ठेक्काको जिम्मा पाएको छ । विसं २०८० भदौभित्र आयोजनाको सम्पन्न […]