धवलागिरि आरोहणका लागि २३ जनालाई अनुमति

म्याग्दी : शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएका छन्। संसारको सातौँ (आठ हजार एक सय १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ। विभिन्न ट्रेकिङ कम्पनीमार्फत चार वटा समूहका १२ पुरुष र ११ महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ। विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएका अरोहीहरूबाट २७ लाख ४३ हजार पाँच सय १५ रोयल्टी प्राप्त भएको छ। गत वसन्त याममा चार