डिशहोम फाइबरनेट प्रयोगकर्ता एक लाख पुग्यो

काठमाडौं : डिशहोमको फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ। चुस्त दुरुस्त सेवा देशभर पुर्‍याउने लक्ष्यसहित सेवा सुरू गरिएको कम्पनीले बताएको छ।एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिश मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले थप ग्राहकलाई सेवा दिँदै गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए।