प्रधानन्यायाधीशलाई नसोधी रजिष्ट्रारले अख्तियारलाई पठाए ‘छानबिन गर्नै नमिल्ने’ पत्र

सर्वोच्च अदालतको निर्माणाधीन भवनमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी यतिबेला करिब–करिब तामेलीमा राखिएको छ । प्रधानन्यायाधीश आफैँले अग्रसरता देखाएर आफैँले हस्ताक्षर गरेर ठेक्का दिइएको भवनमा चरम भ्रष्टाचार र अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सोही उजुरी तामेलीमा राख्न सर्वोच्च अदालत प्रशासनले पत्र लेखेपछि सर्वोच्च अदालतको भवन निर्माणमा भ्रष्टाचार भएको वा नभएको भन्ने सम्बन्धमा छानबिन नै नहुने अवस्था आएको छ । गत वैशाख १९ गते सर्वोच्च अदाल