४ देशका १५ विदेशी पाहुना आउने, चीनसहित २५ देशबाट सन्देश (भिडिओसहित)

नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा चार मुलुकका राजनीतिक दलले भौतिकरुपमै सहभागिता जनाउने भएका छन् । २५ मुलुकका दलले शुभकामना सन्देश पठाएका छन् । एमाले विदेश मामिला विभागले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै चितवनमा भोलिदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुन आउने विदेशी पाहुनाबारे जानकारी गराएको हो ।