न्युयोर्कको म्यानहटनमा ट्रेनमा सुतिरहेका ३८ बर्षका व्यक्तिमाथि रड प्रहार र लुटपाट

आइतबार राती न्युयोर्कको ट्रेनमा सुतिरहेका ३८ बर्षका व्यक्तिमाथि रड प्रहार र लुटपाट भएको छ । १८१ स्ट्रीट हडसन हाइटमा राती साढे ९ बजेतिर ए ट्रेनमा रहेका ती व्यक्तिमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । तीनजना व्यक्ति आएर उनीमाथि आक्रमण गरेका थिए । जसमध्ये एकजनाले उनलाई रडले प्रहार गरेको थियो । पीडितसँग भएको मोबाइल लुटेपछि लुटेराहरु […]

सम्बन्धित सामग्री

महोत्तरीमा सुनचाँदी पसलेलाई गोली हानेर लाखौं डकैती

स्थानीय वीरेन्द्र साहको घरमा गए राति डाकाहरुको समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको लुटपाट गरेका छन्।

सुनचाँदी पसलेलाई गोली हानी लाखौंको डकैती

महोत्तरी।सम्सी गाउँपालिकामा डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौंको डकैती गरेको छ।सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स सञ्चालन गरेका स्थानीयबासी वीरेन्द्र साहको घरमा गएराति डाकाहरुको समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको लुटपाट गरेका छन्।घाइतेहरुको जनकपुरस्थित गोदावरी अस्पतालमा लगी उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ।

चार जनालाई गोली र रडले हानेर डाका समूहबाट लाखौँको डैकती, घाइतेहरु गम्भीर

राति २ बजेको समयमा नौ–दश जनाको समूहमा घरको पछाडिको ढोका फोडेर आएका डाकाहरुले नलकटुवा पेस्तोलले पसले एवं घरमूली ५० वर्षीय वीरेन्द्र साहको ढाडमा गोली हानेका छन् भने निजकी पत्नी ४५ वर्षीया सुशीला देवी, छोरा २५ वर्षीय शम्भु, छोरी २० वर्षीया कञ्चनकुमारी र अर्का छोरा १७ वर्षीय राजीवलाई अनुहार र टाउकोमा रड प्रहार गरी गम्भीर घाइते बनाएर लाखौँको लुटपाट गरेको प्रनाउ विष्टले बताए ।