विद्यालयका कक्षालाई प्रविधिसँग जोड्न माग

विद्यार्थीको दिवा खाजा र स्यानिटरीका बिनियोजित बजेट विद्युतीय प्रविधिबाट कक्षामा जोडिन आवश्यक उपकरण किन्न उपयोग गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले अन्वेषण यात्राअन्तर्गत ‘महामारीमा शिक्षा, चुनौती र रणनीति’ विषयमा जुम प्रविधिबाट आयोजना गरेको भर्जुअल कार्यक्रमका सहभागी वक्ताले शिक्षकलाई प्रविधिमा दक्ष नबनाउँदा नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला शिक्षा क्षेत्र अलमलमा परेको बताउनुभयो ।           कार्यक्रममा पूर्व सचिव ताना गौतमले संविधानमा शिक्षा र मानव अधिकार सम्बन्धमा गरिएका व्यवस्था कार्यान्वयन हुन नसकेको बताउनुभयो । हाल चलिरहेको अनलाइन कक्षामा विपन्न वर्गले पहुँच पाउन नसकेको उहाँले बताउनुभयो । निर्देशिका र कार्यविधि निकाल्दैमा सबैले शिक्षा पाए भन्ने नसोची अनुगमनमा जुट्न उहाँले सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो । नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेलले पहिलेदेखि नै शिक्षकलाई प्रविधिमा दक्ष नबनाउँदा अहिले विद्यार्थीलेसमेत समस्या भोग्नुपरेको गुनासो गर्दै शिक्षा क्षेत्रमा दीगो विकास लक्ष्य अनुसार काम हुन नसकेको बताउनुभयो ।           शिक्षकलाई प्रविधिमा दक्ष बनाउन २० हजार शिक्षकलाई प्रविधिसम्बन्धी तालिम दिएको सङ्घले जनाएको छ । अभिभावक युनियन नेपालका अध्यक्ष केशव पुरीले सरकारको ध्यान राजनीतिमामात्र केन्द्रीत हुँदा बालबालिकाले पाउने शिक्षाका बारेमा अभिभावक द्विविधामा रहेको बताउनुभयो । सरकारले ध्यान नदिँदा शिक्षा परिणाममुखी नभई परीक्षामुखी बन्दै गएको उहाँको भनाई थियो ।

सम्बन्धित सामग्री

प्रेम प्रसादका माग पूरा गर्न इलामवासीहरूको माग

संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यका माग पूरा गर्न र उनलाई न्याय दिन इलामवासीले माग गरेका छन्।...

रानीपोखरीमा छठ मनाउन दिन माग समितिको माग

काठमाडौं, १२ कार्तिक । छठ समारोह समितिले छठ पर्व मनाउनका लागि कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन सरोकारवाला निकायसँग माग गरेको छ । खासगरी समितिले काठमाडौं महानगरपालिकालाई छठ मनाउनको लागि रानीपोखरीको ठाउँ उपलब्ध गराउन माग गरेको हो । आज (शनिबार) छठ समारोह समितिले रानीपोखरी परिसरमै पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । समितिले […]

मुलपानीको तलाउ बन्द गर्न स्थानीयको माग

स्थानीयले टीकापुर नगरपालिका–२ मुलपानीस्थित तलाउमा नुहाउने काम बन्द गराउन माग गरेका छन। नुहाउने क्रममा ज्यान जान थालेपछि स्थानीयले यस्तो माग गरेका हुन।...

स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँग स्पष्टीकरण माग

१९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थालाई निर्वाचन आयोगले जवाफ माग गरेको छ । स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरुसँग जवाफ मागेको हो । ‘महिलाका विषयमा बोलिएको विषयलाई लिएर कारबाहीको माग गरिएको भनिएको छ । कारबाहीको माग गर्दा […]

माग पूरा गर्न बाख्रा पालन व्यवसायीको माग

नेपाल व्यावसायिक बाख्रा पालन महासंघले किसानलाई बेवास्ता गरेको गुनासो गरेको छ । महासंघले बाख्रा पालक किसानलाई राज्यको तर्फबाट बेवास्ता भएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफूहरुले अघि सारेका माग सम्बोधन गर्न सरकारलाई सुझाव दिएको छ ।महासंघले आगामी वर्षको बजेटमा आफूहरुको माग सम्बोधन गर्न भन्दै विभिन्न सुझाव तथा माग अघि सारेको छ […]

किन बढिरहेको छैन बिजुलीको माग ?

पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको  देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा गणना गरिने उच्च माग (पिक डिमाण्ड) त्यति भए पनि दिउँसो र रातको समयमा बिजुलीको माग उल्लेख्य रुपमा बढ्न सकेको छैन ।प्राधिकरणले एक हजार ८८९ मेगावाट घण्टा बराबरको बिजुली भारत निर्यात गरिरहेको छ । अघिल्लो सातादेखि प्राधिकरणले कूल ३९ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ ।प्राधिकरणले बिजुलीको खपत बढाउनका लागि उद्योगी व्यव

बूढीगण्डकी प्रभावितका माग पूरा गर्न कमला पन्तको माग

उनले आयोजना निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने र प्रभावितका माग सुनुवाइ गर्नुपर्नेमा जोड दिइन्।

सम्बोधन होला यातायात व्यवसायीको माग?

चाबी बुझाएको एक साता बितिसक्दा पनि सरकारी पक्षबाट माग सम्बोधन हुन नसकेको व्यवसायीहरूले बताएका छन्। उनीहरूले माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका थिए।

बिपी प्रतिष्ठानका कर्मचारीको माग सम्बोधन गर्न नर्सिङ संघको माग

नेपाल नर्सिङ संघले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुको माग सम्बोधन गर्न माग गरेको छ।