९ साउन, काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । विष्टको परिवारका सदस्यहरुको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको छ […]