काँग्रेस अधिवेशन: मधेसका चार जिल्लामा आज मतदान, यस्तो छ प्रतिस्पर्धा

काठमाडौँ । मधेस प्रदेशका चार जिल्लामा आज नेपाली काँग्रेसको नेतृत्व चयन गर्न मतदान हुँदैछ । नेतृत्व चयनमा सहमति नजुटेपछि धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो । धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । यस जिल्लामा संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पञ्जियार र डा.शेखर कोइराला पक्षबाट दिनेश प्रसैला यादव […]