युरोपमा आतंक मच्चाइसकेको कोरोनाको ‘डेल्टा प्लस’ भेरियन्ट भारतमा भेटियो

भारतमा कोरोना भाइरस संक्रमण घट्दो क्रममा रहे पनि नयाँ भेटिएको भेरियन्टले चिन्ता निम्त्याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बेलायत, युरोप लगायत देशमा आतंक मच्चाइसकेको कोरोनाको ‘डेल्टा प्लस – एवाई.४.२’ भेरियन्ट भारतमा भेटिएको छ । सीएसआईआर इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीका निर्देशक डा. अनुराग अग्रवालले नयाँ भेरियन्ट बेलायतबाट आएका व्यक्तिमा फेला परेको बताए ।  भारतका वैज्ञानिकले यसबारे थप अनुसन्धान र निगरानी गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।