खोभारी राय बालकोट पुगेर एमाले प्रवेश गरे

३ असोज, काठमाडौं । पूर्वमन्त्री खोभारी राय यादव नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर राय पार्टी प्रवेश गरेका हुन् । मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका उनी पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा थिए ।