सिरहामा तीन हप्ताका लागि निषेधाज्ञा थप

सिरहा । सिरहामा आज राति १२ बजेबाट लागू हुनेगरी तीन साताका लागि निषेधाज्ञा थप गरिएको छ । बिहीबार बसेको डीसीसीएमसीको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायत बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधन भने सञ्चालन गर्न पाइने प्र