म्याग्दीकाे भम्किलीमा अन्नपात र गाईभैँसी बेचेर विद्यालय पुनःनिर्माण

म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ ।  विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीवासीले समुदायकै नेतृत्वमा विद्यालय भवन पुनःनिर्माण गरेर जनसहभागीतामूलक विकासको नमुना प्रस्तुत गरेका छन् । विसं २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुनःनिर्माण अभियान शुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ । विद्यालय भवनसँगै प्रवेशद्वार, खेलम...